aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

हावाहुरी र चट्याङसहित वर्षा हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०२ बैशाख २०७७
हावाहुरी र चट्याङसहित वर्षा हुने

काठमाडौँ । सोमबार देखी बदलाव आएको मौसम मंगलबार पनि खराव हुने पूर्वानुमान मौसमविद्हरुले गरेका छन् । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण आज पनि देशका विभिन्न स्थानमा मेघ गर्जन, हावाहुरी र चट्याङसहित पानी पर्ने संभावना रहेको जानकारी प्राप्त भएको छ ।  

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसोपख पुर्व,मध्य र पश्चिमी भेगका केहि स्थानमा पानी पर्ने छ । जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले दिउँसोपख काठमाडौंमा पनि पानी पर्ने जनाएको छ।

गएराति काठमाडौं उपत्यकासहित देशका पश्चिमी भेगहरुमा पानी परेको थियो।  उपत्यकाको न्युनतम तापक्रम आज विहान १५ डिग्री सेल्सियस मापन भएको थियो। दिउँसो तापक्रम बढेर २९ डिग्री सेल्सियसम्म पुग्ने महाशाखाले अनुमान गरेको छ।

प्रतिक्रिया दिनुहोस