
काठमाडौं । वैशाख तीन गते बुधबार लकडाउनको समय सकिन लाग्दा आज मंगलबार नै सो सम्बन्धी थप निर्णय गर्न आज मन्त्रीपरिषद्को बैठक बोलाइएको छ। बालुवाटार स्रोतका अनुसार बिहान ११ बजेको लागि बैठक बोलाइएको हो ।
सरकारले फेरि लकडाउनको समय थप्ने तयारी गरेको बुझिएको छ । कोरोना भाइरस संक्रमितको संख्या बढेसँगै सरकारले नियन्लत्करणको उपायका रुपमा डाउनलाई नै निरन्तरता दिन लागेको हो ।
यसअघी कोभिड १९ उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले सरकारलाई लकडाउनको समय थप्न सिफारिस गरेको बताईन्छ । सोही सुझावको आधारमा मन्त्रीपरिषद् बैठकबाट लकडाउनको समयसीमा थप्ने तयारी गरिएको हो ।
लकडाउनका कारण मजदूरहरु समस्यामा परेको अवस्थामा उनीहरुको जीवन सहज पार्ने केहि निर्णय समेत सरकारले आजको बैठक मार्फत गर्ने अपेक्षा गरिएको छ । फेरी एकसाताको निम्ती लकडाउन थप्ने सोचमा सरकार भएपनि आज बिहान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने सम्बोधनमा भारतमा कति दिनको लागी थप हुन्छ भन्ने कुराले मिती तय गर्न सहयोग पुग्ने बताइन्छ ।
प्रतिक्रिया दिनुहोस