aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

अमेरिकामा मात्रै साढे २३ हजारले ज्यान गुमाए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०२ बैशाख २०७७
अमेरिकामा मात्रै साढे २३ हजारले ज्यान गुमाए

काठमाडौं । कोरोना भाइरसका कारण अमेरिकामा साढे २३ हजारभन्दा बढीले ज्यान गुमाएका छन् ।  सोमबार मात्रै अमेरिकामा १ हजार ५१६ को मृत्यु भए संगै ज्यान गुमाउनेको संख्या २३ हजार ६२१ पुगेको हो । 

अघिल्लो साताको तुलनामा मृत्यु र संक्रमणका घटनामा कमी आए पनि उल्लेख्य रुपमा घट्न भने सकेको छैन । संक्रमितको संख्या ५ लाख ८६ हजार ८६६ पुगेको छ ।

अमेरिकाको सबैभन्दा बढी प्रभावित राज्य न्यूयोर्कमा मात्रै १० हजार भन्दा बढीको ज्यान गइसकेको छ । त्यहाँ सोमबार ६७१ को मृत्यु भएको छ । ६ हजार २४० नयाँ संक्रमित थपिएसँगै सो राज्यमा अहिलेसम्म कोरोना संक्रमितको संख्या १ लाख ९५ हजार ६५५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस