aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

विदेशबाट फर्किएकाको कारण चीन फेरि संकटमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०२ बैशाख २०७७
विदेशबाट फर्किएकाको कारण चीन फेरि संकटमा

चीन । विश्वभर लकडाउनको समय बढाइँदै गर्दा जन जीवन सामान्य बन्दै गएको चीनमा कोरोना भाइरसले फेरि आक्रमण गरेको छ । अत्यन्त लामो र कष्टकर जीवन बिताएपछि कोरोना संक्रमणका नयाँ बिरामी भेटिने क्रममा कमी आए सँगै चीनमा लगाइएका सबै प्रतिबन्धहरू खुकुलो पारिँदै आएको छ । 

द गार्जियनले आफ्नो रिपोर्टमा जनाए अनुसार चीनमा फेरि कोरोना संक्रमणका नयाँ बिरामी भेटिने क्रम बढेको छ । त्यहाँ आइतबार १०८ जनामा थप संक्रमण पुष्टि भएको थियो । त्यसैगरि शनिवार ९९ र शुक्रवार ४६ जना नयाँ संक्रमित फेला परेका थिए। 

समाचारमा जनाइए अनुसार नयाँ भेटिएका बिरामीहरु मध्ये १० जना विदेशबाट फर्किएका थिए । ७ जना भने रुसको सिमाना नजिक रहेको हिलो गान्जियाङबाट आएका हुन् । यसपछि चीनले रुस सँगको सिमाना थप कडाइ गर्न अधिकारीहरूलाई भनेको छ। 

यस अघि रुसबाट सांघाई आएको एउटा विमानमा यात्रा गरेका ५१ जनामा कोरोना पोजेटिभ देखिएको थियो । अहिले त्यहाँ संक्रमण सुरु भएको सहर वुहान भित्र आन्तरिकरुपमा केही खुकुलो पारिए पनि त्यो सहरको अन्य सहर सँगको सम्बन्धलाई भने कडाइ गरिएको छ । 
 

प्रतिक्रिया दिनुहोस