aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

यी हुन् कोरोना जित्ने मोदीका सात सूत्र

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०२ बैशाख २०७७
यी हुन् कोरोना जित्ने मोदीका सात सूत्र

भारत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाबाट विजय प्राप्त गर्न जनतालाई सात सूत्र दिएका छन् । देशवासीको नाममा चौथो पटक सम्बोधन गर्दै मोदीले कोरोना विरुद्ध विजय प्राप्त गर्ने मार्ग रहेको भन्दै  सात सूत्र अपनाउन आग्रह गरेका हुन् । 

उनका सूत्र यस प्रकार छन्ः 

१. घरका वृद्ध–वृद्धाको विशेष हेरचाह गर्नु,

२. सामाजिक दुरीलाई पूर्ण रूपमा पालना गर्नु,

३. आफ्नो रोग प्रतिरोधी क्षमता बढाउनका लागि आयुष मन्त्रालयको निर्देशन पालना गर्नु,

४. कोरोना संक्रमण रोक्नका लागि आरोग्य सेतु मोबाइल एप डाउनलोड गर्न,

५. आफूले जति सकिन्छ, गरिब परिवारको खानाको आवश्यकता पूरा गर्न,

६. आफूसँग काम गर्ने कामदारलाई कामबाट ननिकाल्न,

७. डाक्टर, नर्स, सर–सफाईकर्मी, पुलिसलाई आदर गर्न ।

प्रतिक्रिया दिनुहोस