अमेरिकाले कोरोनाको कारण भएको आर्थिक क्षतिलाई हतियार बिक्री गरेर पूर्ति गर्ने लक्षण देखाएको छ । भारतले निकै अघि नै खरिद प्रस्ताव गरेको हतियार आपूर्ति गर्ने निर्णयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पुगेपछि यस्तो अनुमान गरिएको हो ।
भारतले खरिद गर्न चाहेका दुई वटा महत्त्वपूर्ण हतियारहरूको सौदाका लागि ट्रम्पले मन्जुरी दिए लगतै अमेरिकी सांसदले यसको प्रक्रिया सुरु गर्ने भएको छ ।
भारतले हालै कोरोना भाइरस संकटसंग जुधिरहेको अमेरिकालाई औषधी आपूर्ति गरेर मदत गरेको छ । आफ्नो आग्रहलाई स्वीकार गर्दै भारतले हाइड्रोक्सिब्लोरोक्वाइनको आपूर्ति गरेर सहयोग गरेकोमा धन्यवाद ज्ञापन गर्दै ट्रम्पले यो सहयोग नभुल्ने वाचा गरेका थिए ।
अमेरिकाले अब भारतलाई १५५ मिलियन डलरको दुई वटा एयर लन्च मिसाइल बिक्री गर्ने भएको हो । यो सम्झौता अन्तर्गत अब भारतले प्राप्त गर्ने हतियारको माध्यमबाट समुन्द्रित क्षेत्रको सुरक्षा मजबुत पार्नेछ ।
क्षेत्रीय संकटसंग जुध्नको लागि भारतलाई यो महत्त्वपूर्ण साधन बन्ने पेन्टागनले जनाएको छ । अमेरिकाले यो मिसाइल निर्माणको जिम्मा बोइगं कम्पनीलाई दिने भएको छ ।
अमेरिका र भारत बिचको यस प्रकारको हतियार खरिद बिक्री सम्झौता क्षेत्रीय सुरक्षाको लागि थप चुनौती युक्त बन्ने भन्दै दक्षिण एसियाका कतिपय सुरक्षा विद्हरूले चाहिँ विरोध गरेका छन् ।
पाकिस्तान पनि यस्तै हतियार खरिदको दिशामा अघि बढ्यो भने त्यसले यी दुई छिमेकी बिचको प्रतिद्धन्धी व्यवहारमा थप उक्सा हट थपिने भन्दै टिप्पणी सुरु भएको छ ।
औषधी र हतियारको सट्टा बाजीलाई भारत कै कतिपय विश्लेषकहरूले असुहाउँदो र गलत सौदावाजि भन्दै विरोध गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस