aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

चालु खाताको घाटा २०४ अर्ब ४३ करोड, रेमिट्यान्सको वृद्धि २०.९ प्रतिशत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ जेठ २०७६
चालु खाताको घाटा २०४ अर्ब ४३ करोड, रेमिट्यान्सको वृद्धि २०.९ प्रतिशत

 
काठमाडौं ।  चालु खाता घाटा २०४ अर्ब ४३ करोड पुगेको छ। नेपाल राष्ट्र बैंकले ९ महिनोको तथ्यांक सार्बजनिक गर्दै शोधनान्तर घाटा पनि १४ अर्ब ६० करोडबाट बढेर ६४ अर्ब ६८ करोड पुगेको उल्लेख गरेको छ । 

त्यस्तै,  ९ महिनाको अवधिमा ६ खर्ब ५३ अर्ब १९ करोड रेमिट्यान्स आएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा रेमिट्यान्स २०.९ प्रतिशतले बढेर ६ खर्ब ५३ अर्ब १९ करोड पुगेको हो ।  नेपाल राष्ट्र बैंकले मुलुकको समष्टिगत आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै रेमिट्यान्स आप्रवाह सुधार भएको जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस