aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

वैशाख १५ सम्म थपियो लकडाउन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०२ बैशाख २०७७
वैशाख १५ सम्म थपियो लकडाउन

काठमाडौँ । सरकारले लकडाउन १२ दिन बढाएर वैशाख १५ गतेसम्म पुर्‍याउने निर्णय गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्नका लागि चैत ११ बाट थालिएको लकडाउन तेस्रो पटक बढाउने सरकारले निर्णय गरेको हो ।

एक मन्त्रीका अनुसार मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन थप्ने निर्णय गरेको बताए।  

एक साताका लागि घोषणा गरिएको लकडाउन संक्रमणहरु भेटिएपछि सरकारले बढाउँदै लगेको हो। भोलि वैशाख ३ गते सरकारले घोषणा गरेको लकडाउन समय सकिदै थियो ।

म‌ंगलबारमात्रै राजधानीको सनसिटी अपार्टमेन्टमा बस्ने दुईजनामा संक्रमण पुष्टि भए संगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १६ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस