aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

खुकुरी प्रहार गरी पति हत्या अभियोगमा राई पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०२ बैशाख २०७७
खुकुरी प्रहार गरी पति हत्या अभियोगमा राई पक्राउ

खोटाङ ।    आफ्नै ५० बर्षीय श्रीमान छ कुमार राईको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा मेनुका राई पक्राउ परेकी छिन् ।

बाह्रपोखरी गाउँपालिका(१ खुर्साने बस्ने ५० वर्षीया राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

मेनुकाले खुकुरी प्रहार गर्दा छ कुमारको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी बाह्रपोखरी, ईलाका प्रहरी कार्यालय चिसापानी र ईलाका प्रहरी कार्यालय खोटाङले जनाएको छ । 

यसैगरि,     आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा खाँदबारी नगरपालिका-९ तुम्लिङटार वैधे गाँउ डेरा गरी बस्ने ३२ वर्षीय दोमन हस्दालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । 

३४ वर्षीया श्रीमतीसँग सामान्य बिबाद हुँदा दोमनले खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइतेको तुम्लिङटारस्थित मनकामना अस्पतालमा उपचार भइरहेको जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस