
एजेन्सी । भारतमा सञ्चालनमा रहेका निजी क्षेत्रका बैंकमा निक्षेपकर्ताहरुको विश्वास घटिरहेको एक रिपोर्ट सार्वजनिक भएको छ । ग्लोबल रेटिंग एजेन्सी मूडीज इन्भेष्टर्स सर्भिसले सार्वजनिक गरेको एक रिर्पाेटमा भनिएको छ 'एस बैंकको संकटपछि निजी बैंकका निक्षेपकर्ताहरूको विश्वासमा गिरावट आएको छ र यस कारण साना बैंकहरूले सार्वजनिक क्षेत्रका बैंकहरूमा सरकारी बैंक मार्फत जम्मा गरेको रकम गुमाउनु पर्नेहुनसकक्छ ।'
रेटिंग एजेन्सीको शोध रिपोर्टमा धेरै निजी क्षेत्रका बैंकहरूले मार्चमहिना त्रैमासिकमा निक्षेप घटाएका छन् । भारतीय केन्द्रीय बैंक आरबीआईले आम निक्षेपकर्ताहरुलाई विश्वासमा लिनका लागि बारम्बार सबै बैंकहरू सुरक्षित रहेको बताएको छ । आरबीआई गभर्नर शक्तिकान्त दास स्वयं निजी बैंकका ग्राहकहरुलाई आश्वासन दिदै भनेका छन्, देशका सबै बैंकहरु सुरक्षित छन्। त्यसकारण कुनै पनि निक्षेपकर्ताले तुरुन्तै बैंकबाट पैसा ननिकाल्नु होला ।
एजेन्सीका अनुसार यस बैंक घटनाले निजी क्षेत्रका बैंकहरूमा निक्षेपकर्ताहरूको विश्वास घटाएको छ भने 'सार्वजनिक क्षेत्रका बैंकहरूमाथिको विश्वास अझै कायमै रहने भनिएको छ ।' यसका कारण केही निजी क्षेत्रका बैंकहरू, विशेष गरी साना संस्थाहरूले सरकारी बैंकद्धारा सञ्चालित बैंकहरूको निक्षेप गुमाउनुपर्ने हुनसक्ने रिर्पोटमा उल्लेख छ । जसले निजी बैंकहरूको पुँजी कोषको क्षमतालाई कमजोर पार्नेछ, रेटिंग एजेन्सीले भनेको छ ।'
प्रतिक्रिया दिनुहोस