aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

अवैध रुपमा हुण्डी कारोबारमा संलग्न ३ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ जेठ २०७६
अवैध रुपमा हुण्डी कारोबारमा संलग्न ३ जना पक्राउ

काठमाडौं । काठमाडौं चावहिलबाट अवैध रुपमा हुण्डी कारोबारमा संलग्न ३ जनालाई नगद ३४ लाख ८९ हजार ३ सय रुपैयाँ सहित आइतबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा काठमाडौं हात्तीगौडा बस्ने सोलुखुम्बु दुधकोशी गाउँपालिका(२ का ३६ वर्षीय अर्जुन राई, भक्तपुर सूर्यविनायक बस्ने सुनसरी बराह नगरपालिका(९ का ४० वर्षीय जगत खड्का र कपन बालुवाखानी बस्ने  २३ वर्षीय सुनिल राई रहेका छन् । 

उक्त ठाउँमा अवैध रुपमा हुण्डीको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त गौशालाबाट प्रहरी नायव उपरीक्षक सुनिल मल्ल समेतको प्रहरी टोलीले हुण्डी कारोबारमा प्रयोग भएको उक्त नगद, कागजात र पैसा गन्ने उपकरण सहित उनीहरुलाई फेला पारी पक्राउ गरेको हो । उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीका लगि राजश्‍व अनुसन्धान विभाग पुल्चोक ललितपुर पठाइने छ । 
 

प्रतिक्रिया दिनुहोस