
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा 'ए' बिल्डिङकाे १५ औं तल्लामा बस्ने एक परिवारका २ जनामा कोरोना संक्रमणको पुष्टि भएपछि त्यहाँ बस्ने ५ सय १० परिवारकै कोरोना भाईरस (कोभिड–१९) द्रुत परिक्षण (र्यापिड टेष्ट) शुरु गरेको छ ।
पाँच वटा विल्डिङमा ५ सय १० परिवारको करिव २ हजारको संख्यामा बसोबास रहेको छ । दुई दिनदेखी उक्त क्षेत्रलाई शील गरी रखिएको छ । बाहिरका मानिसहरु भित्र पस्न पाईदैन भने अपार्टमेन्टभित्रका बासिन्दाहरु बाहिर आउनसमेत निषेध गरिएको छ ।
पिसिआर प्रविधिबाट परीक्षण गर्दा मंगलबार तीन जनामध्ये दुई जनामा संक्रमण पुष्टि भएको छ भने एक जनाको रिपोर्ट नेगेटिभ भएकाे स्रोतको भनाइ छ । अन्यमा पनि कोरोना सर्न सक्ने भन्दै उच्च सतर्कता अपना उँदै सबै परिवारको र्यापिड टेष्ट शुरु गरेको हो ।
अपार्टमेन्टभित्र सङ्क्रमित व्यक्तिका नजिकको सम्पर्कमा आएका र विभिन्न खालका स्वास्थ्य समस्या भएकाको पहिले परीक्षण भइरहेको छ । अपार्टमेन्टभित्रका दीर्घरोगी को को छन् भनी पहिचान गर्न त्यहाँको व्यवस्थापन समितिले सहयोग गरिरहेको छ ।
कतिपय दीर्घरोगी उपचारका लागि अस्पताल जानुपर्ने भए पनि परीक्षण गरेर ‘नेगेटिभ’ नआएसम्म जान नसक्ने हुँदा उनीहरुलाई प्राथमिकता दिइएको नगर प्रमुख कृष्णहरी थापाले बताए ।
स्वास्थ्य सेवा विभागको टोली बिहान ९ बजे अर्पाटमेन्ट आइपुगेको थियो । नगरपालिकामा रहेका स्वास्थ्यकर्मी पनि सहभागी रहेको नगरपालिकाले जनाएको छ । बढी आवश्यक देखिएका व्यक्तिको पहिले परीक्षण भएपछि सङ्क्रमित व्यक्ति बस्दै आएको ‘ए ब्लक’ मा बसोबास गर्नेहरुको परीक्षण हुदैछ ।
उनले भने, “त्यसपछि अरू ब्लकको पनि परीक्षण गरिनेछ ।” अपार्टमेन्टमा बसोबास गर्ने सबै र अपार्टमेन्ट बाहिरकाले समेत आफूहरुको परीक्षण गर्नुपर्ने माग गरेका छन् । अपार्टमेन्ट नजिकमा रहेका पसल र घरले समेत आफू सङ्क्रमितको सम्पर्कमा आएको हुनसक्ने भन्दै परीक्षण गर्नुपर्ने माग गरेको प्रमुख थापाले बताए । अपार्टमेन्टभित्र बसोबास गर्नेको परीक्षण सकिएपछि त्यस बाहिरका बैङ्क, पसल, एटीएमलगायत स्थानका व्यक्तिको पनि परीक्षण हुनेछ ।
उक्त अपार्टमेन्टमा बसोबास गर्दै आएका सबैको हिजै नाम लिष्ट तयार परिसकेको र उक्त तथ्याङककै आधरमा बुधबार (आज) विहानदेखि र्यापिड टेष्ट शुरु गरेको अपार्टमेन्टका बासिन्दाले बताए ।
गत चैत ४ गते बेलायतबाट आएका २ जनामा कोरोना देखिएपछि थप सजकता अपनाइएको छ । शंक्रमितको संख्या बढेसँगै नेपाल सरकारको मन्त्रीपरिषदको बैठकले मंगलबारै बैशाख १५ गतेसम्मको लागि लकडाउनको अबधि थप गरिसकिएको छ ।
कोरोनासंक्रमित प्रमाणित भएका दुई जनाले चैत ९ गते काठमाडौं महानगरपालिका वडा–५ को कार्यालयमा गएर जन्म दर्ता गर्न सिफारिस लिन पुगेकाे तथ्यसमेत बाहिरीसकेकाे छ ।
महानगरपालिका वडा–५ हाँडीगाउँ भिमसेनस्थानका स्थायी बासिन्दा उनीहरूले जन्म दर्ताको सिफारिसमात्रै लिएनन्, करिव १ घण्टा जती वडा कार्यालयमा बिताएका थिए । त्यहाँ चिया समेत पिउन भ्याए ।
संक्रमितहरूले सेल्फ क्वारेन्टाइनमा बसेको भन्दै यसरी ढाँटेर हिड्नु हुँदैन थियो, उनीहरूले सत्य तथ्य बताएर जोखिमबाट अरुलाई बचाउनुपर्नेमा आफै बाहिर हिडेर सिंगो वडालाई नै कोरोनाको जोखिममा पारेकाे हाँडीगाउँ बासीको भनाइ छ ।
सरकारले उनीहरू क्वारेन्टाइनमा नबसेर विभिन्न ठाउँमा गएका रहेछन् भने सत्य तथ्य बुझेर तुरुन्तै टेष्टमा लागि आवश्यक तयारी हाल्नु पर्ने वागमती प्रदेश काठमाडौ–५ ‘क’ का सांसद नारायण सिलवाले बताए । ‘यस्ता घटना अन्यत्र पनि हुन सक्छन्, यसमा ध्यान पुर्याउन नसके सिंगो समाज र देश नै जोखिममा पर्न सक्छ,’ उनले भने ।
संक्रमितहरू हाँडीगाउँ पुगेर विभिन्न मानिसलाई भेटको तथ्य बाहिरिएपछि भोलि बुधबार संक्रमितसँग प्रत्यक्ष भेटेकाहरूको र्यापिड टेष्ट(डीआरटी) गर्न लागिएको वडा सदस्य मिनासिंह प्रजापतिले बताइन् । उनीहरूको प्रत्यक्ष सम्पर्कमा आएका वडा प्रतिनिधि र कर्मचारी गरी १३ जनाको भोलि बुधबार र्यापिड टेष्ट गर्न लागिएकोे हो। उनले भनिन्, ‘उहाँहरू जन्म दर्ता गर्न कार्यालयमा आउनु भएको थियो । भोलि कार्यालय सहायक कर्मचारीदेखि सबैको र्यापिड टेष्ट हुँदैछ ।’
उनीहरूले त्यसदिन वडा कार्यालयमा वडा अध्यक्ष रमेश डंगोल, वडा सदस्यद्वय मिनासिंह प्रजापति र उत्तम शर्मालाई समेत भेटेका थिए । संक्रमितहरू सेल्फ क्वारेन्टाइनमा बसेको भनिएपनि उनीहरू नेपाल आएको चौथो दिन जन्म दर्ताको लागि आफ्नो स्थायी घर हाँडीगाउँ गएका थिए ।
प्रतिक्रिया दिनुहोस