aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

सवारी पासमा कडाइः मृत्यु संस्कारमा जानेबाहेक अरूलाई बन्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०३ बैशाख २०७७
सवारी पासमा कडाइः मृत्यु संस्कारमा जानेबाहेक अरूलाई बन्द

काठमाडौं । लकडाउनका बेला अत्यावश्यक परेको भन्दै सवारी पास बनाउन मानिसहरू कार्यालयमा भीड लागेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले कडाइ गरेको छ। अब परिवारको सदस्यको मृत्यु संस्कारमा जाने व्यक्तिहरूबाहेक अन्य प्रयोजनका लागि सवारी पास जारी नहुने भएको हो । 

सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले बुधबार सूचना निकालेर सवारी पासको माग अत्याधिक बढ्नुका साथै भीडभाड हुन गई लकडाउनसमेत उल्लंघन हुने अवस्था सिर्जना भएकोले आजैदेखि पास बन्द गरिएको जनाएका हुन् । 

प्रतिक्रिया दिनुहोस