
बेत्रावती । नुवाकोटको ककनी गाउँपालिका–८ थानसिंह निवासी एक सय सत्र वर्षीया ज्येष्ठ नागरिक बाटुली लामिछानेलाई मासिक रु दश हजार उपलब्ध गराइने भएको छ ।
विसं १९५९ चैत १० गते जन्मिनुभएका लामिछानेको स्याहारसुसार तथा उहाँको जीवनका अनुभवको पुस्ता हस्तान्तरणमा सहयोग पुर्याउन गाउँपालिकाले मासिक भत्ता उपलब्ध गराउने निर्णय गरेको गाउँपालिकाका उपाध्यक्ष सीता खतिवडाले जानकारी दिए ।
उनका अनुसार गाउँपालिकाले बाटुली लामिछाने ९बाला० फाउण्डेशन स्थापना गरेर उनको हेरचाह तथा संरक्षणमा चासो देखाएको हो । “११७ वर्षसम्मका मानिस नेपाल तथा विश्वका लागि ज्येष्ठ नागरिकका रुपमा अग्रणी स्थानमा रहेको हुनुपर्छ”, उनले भने “पहिलो कदमका रुपमा उहाँलाई संसारभर चिनाउन ‘गिनिज बुक अफ वल्ड रेकर्ड’मा नाम लेखाउन पहल गर्नेछौँ ।”
कार्यपालिकाको बैठकको निर्णयानुसार लामिछानेलाई विसं २०७६ वैशाखदेखि मासिक रु दश हजार उपलब्ध गराउने निर्णय कार्यान्वयनमा ल्याइएको छ । उहाँलाई नुवाकोटको रानीपौवा बजारमा शनिबारदेखि शुरु भएको ‘पोष्टबहादुर बोगटी स्मृति कृषि प्रदर्शनी मेला’को उद्घाटनका अवसरमा विशेष अतिथिको स्थान र नगद रु पाँच हजारसहित नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०बाट समेत सम्मान गरिएको थियो ।
गाउँपालिकाले ज्येष्ठ नागरिक लामिछानेको सम्मान, संरक्षण तथा प्रचारप्रसारका लागि आगामी दिनमा ‘महिला, बालबालिका, दलित, अपाङ्गता भएका व्यक्ति तथा वृद्धवृद्धा’को क्षेत्रमा गर्ने कार्य उनको नाममा स्थापना भएको बाला फाउण्डेशनमार्फत गर्ने नीति अवलम्वन गरिएको उपाध्यक्ष खतिवडाले जानकारी दिए ।
थानसिङ गाबिस–८ आँपचौरमा बस्दै आएकी बाटुली लामिछानेको चैत १० आइतबार १ सय १७ औं जन्मदिन परेको छ । विश्वकै जेष्ठ नागरिक बन्न सफल बाटुलीलाई जन्मदिनको शुभकामना दिनको लागि उनको घरमा कोहि पनि शुभकामना दिन निवासमा कोही पनि नआएको बाटुली लामिछानेको बुहारी इश्वरी लामिछानेले बताएकि थिइन ।
सिन्धुपाल्पोकको गिरानीचौरमा जन्मिएकी बाटुली, छविलाल लामिछाने संग विवाह गरेर नुवाकोट पुगेकी हुन् । उनका ५ सन्तान मध्ये अहिले कान्छो छोरो मात्र जिवित हरेका छन् । तीन छोरी र एक छोराको भने निधन भैसकेको छ । बाटुलिले विभिन्न दुख र कष्टसँग संघर्ष गर्दै आएकी उनी अहिले उनको अवस्था कमजोर भएको बुहारी लामिछानेले बताइन् ।
१ सय १७ वर्षको उमेरसम्म आइपुग्दा समेत उनलाई कुनै खास रोग भने लागेको छैन । तर १ महिना अघि देखि भने बाटुलीलाई खासै सन्चो नभएको उनका आफन्तले बताएका छन् ।
एक सय १२ वर्षीया जापानी नागरिक साकारी मोमोयीको निधन भएपछि लामिछाने परिवारले १ सय १७ वर्षीय बाटुली नै संसारको जेष्ठ नागरिक भएको दाबी गरेको छ ।
परिवारको आर्थिक अवस्था कमजोर हुँदा र सरकारी पक्षबाट कुनै आर्थिक सहयोग नमिल्दा बाटुली लामिछानेको जन्मदिनमा कुनै खास कार्यक्रम नभएको परिवारले जनाएको थियो ।
सरकारले १ सय वर्ष नाघेकाहरुलाई दोब्बर वृद्ध भत्ता दिने भनिएता पनि बाटुली लामिछानेलाई भने उक्त सरकारी सुबिधा उपभोग गर्न नपाएको परिवारको गुनासो आर्थिक न्युजडटकमले चैतमा नै प्रकाशन गरेको थियो ।
११७ वर्षीया वृद्धाको यसरी चल्छ दिनचर्या (भिडियोसहित)
प्रतिक्रिया दिनुहोस