
न्युयोर्क । माइक्रोसफ्ट कम्पनीका सहसंस्थापक बिल गेट्सले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आलोचना गरेका छन् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)लाई दिइँदै आएको आर्थिक सहयोग रोक्ने ट्रम्पको निर्णय खतरानाक भएको बताएका छन् ।
‘यो निर्णय यति खतरानाक छ कि जति हामी सुनिरहेका छौं,’ उनले ट्विटरमार्फत् भनेका छन्, ‘अहिले विश्वलाई विश्व स्वास्थ्य संगठन अति आवश्यक छ ।’
विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस नियन्त्रणका लागि निकै धेरै काम गरिरहेको उल्लेख गर्दै भनेका छन्, ‘यदि अहिले विश्व स्वास्थ्य संगठनले काम गर्न बन्द गर्ने हो भने अर्को कुनै संस्थाले अहिलेको आवश्यकतालाई पूर्ति गर्न सक्दैन ।’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबारको पत्रकार सम्मेलनका क्रममा विश्व स्वास्थ्य संगठन कोरोना नियन्त्रण गर्न असफल भएको र चीनका गल्तीहरुलाई ढाकछोप गर्दै चीनको पक्षमा वकालत गरेकाले अमेरिकी आर्थिक सहायता रोक्न आफ्नो प्रशासनलाई निर्देशन दिएको बताएका थिए ।
प्रतिक्रिया दिनुहोस