
काठमाडौं । जनकपुरधाम वकिलटोलस्थित अक्षर विद्या मन्दिरले आज वैशाख ४ गतेदेखि नयाँ शैक्षिक सत्रको कक्षा सञ्चालन गर्ने भएको छ । विद्यालयले अनलाइन सेवामार्फत कक्षा सञ्चालन गर्न लागेको हो । विद्या मन्दिरले अनलाइनमार्फत कक्षा एकदेखि १० कक्षासम्म कक्षा सञ्चालन गर्न लागेको हो । लर्ड बुद्ध एजुकेशन फाउण्डेशन (एलबीईएफ) अन्तर्गत सञ्चालन भएको विद्यालय हो ।
बदलिँदो परिवेशलाई मध्यनजर गर्दै बालबालिकालाई आधुनिक शिक्षा दिन तथा प्रविधिमैत्री बनाउन यस्तो शिक्षा पद्धती अवलम्वन गरेको एलबीईएफका कार्यकारी निर्देशक इन्जिनियर प्रकाश कुमार केजरीवालले बताए । ‘हामीले जनकपुरको अक्षर विद्या मन्दिर आजदेखि अनलाइन कक्षा शुरु गर्दैछौं,’ उनले भने ‘साना कक्षाको विद्यार्थीलाई अनलाइन कक्षामा सहभागी हुन भने अभिभावकले गाइड गर्नुपर्ने हुन्छ ।’
अनलाइन शिक्षा लिन ल्यापटपको आवश्यकता पर्दैन, स्मार्ट मोबाइल फोनबाट पनि सहजै कक्षा लिन सकिन्छ । यसरी कक्षा लिँदा साना कक्षामा अभिभावक पनिसँगै हुनुपर्छ । यस्तो शिक्षालाई ‘प्यारेन्स असिस्टेन्ट लर्निङ’ भनिन्छ । पाँच सय जना विद्यार्थी रहेको उक्त सूचना प्रविधि विद्यालयको कक्षा कोठामा स्मार्ट बोर्ड जडान गरिएको उनले बताए । ‘यस्तो बोर्डमा मार्करले लेख्न र भिडियोहरू डिसप्ले गर्न पनि सकिने भएकोले हामीले डिजिटल बोर्ड जडान गरेका हौं,’ उनले भने ‘माइक्रोसफ्टको एजुकेटर प्रोग्रामको सहयोगमा अनलाइन कक्षा सञ्चालन गरिरहेका छौं ।’
अनलाइन कक्षाबाटै विद्यार्थीलाई अनलाइन गृहकार्य दिन सक्नुका साथै, विद्यार्थी तथा शिक्षकले रिप्लाइ पनि दिन÷लिन सक्छन् । अनलाइनमार्फत विद्यार्थी र शिक्षक, शिक्षक– शिक्षक र विद्यार्थी–विद्यार्थीबीच अन्तरक्रिया गर्न पनि सकिन्छ । यो शिक्षा पद्धतीमार्फत कक्षामा प्रश्न सोध्नेदेखि उत्तर दिनेसम्मको सबै काम हुन्छ ।
विद्यालय स्थापना भएको ५ वर्ष भयो । यो विद्यालय स्मार्ट प्रविधिमार्फत शिक्षा दिने प्रदेश–२ कै पहिलो विद्यालय भएको प्रकाश कुमारले बताए । प्रत्येक कक्षामा सीमिति सिट छ । एउटा कक्षामा दुई वटा सेक्सन र सेक्सनमा ३० जनाभन्दा बढी विद्यार्थी राख्ने गरिएको छैन । स्थापनाकालदेखि यो विद्या मन्दिरले यहि प्रविधिमार्फत कक्षा सञ्चालन गर्दै आएको छ ।
अक्षर विद्या मन्दिरको अभिभावक संस्था लर्ड बुद्ध एजुकेशन फाउण्डेशन हो । यसैको सहयोगमा जनकपुरमा विद्यालय सञ्चालन भइरहेको छ । विद्यायल शुल्क सामान्य छ,’ उनले भने ‘चारदेखि पाँच हजारसम्ममा विद्यार्थीलाई डिजिटल प्रविधिबाट शिक्षा दिइरहेका छौं ।’ विगत २२ वर्षदेखि एलबीईएप¬mले सूचना प्रविधिको क्षेत्रमा शिक्षा दिँदै आएकोले हामीले सोही अनुरुपको शिक्षा दिन विद्यालय पनि सञ्चालन गरेका उनले बताए । स्मार्ट विद्यार्थी बनाउने अभियानलाई सार्थक बनाउन अक्षर विद्या मन्दिर स्मार्ट स्थापना गरिएको हो । प्रोफेशनल शिक्षाको लागि कलेज अत्यन्त प्रभावकारी बनेको छ ।
अहिलेसम्म कलेजबाट आठ हजारभन्दा बढी विद्यार्थीले यस सम्बन्धि उच्च शिक्षा हासिल गरिसकेका छन् । बैंक, बीमा, सरकारी उच्च ओहोदा तथा ठूलो सूचना प्रविधि (आईटी) कम्पनीमा आईटीमा काम गर्ने सबै लर्ड बुद्ध कै प्रडक्ट भएको उनले बताए । सन् १९९८ स्थापना भएको लर्ड बुद्ध नेपालको पहिलो आईटी कलेज हो भने पीसीटीएस कलेज कुपण्डोल सन् २०१६ मा स्थापना भएको हो ।
दुबै कलेजले लकडाउनको दोस्रो दिनदेखि नै आफ्ना विद्यार्थीलाई तीन हजार ६ सयभन्दा बढी अनलाइन कोर्षको सुविधा दिएको छ । अनलाइनमार्फत एक हजार २ सयभन्दा बढी लेसन विद्यार्थी पढिसकेका छन् । एकातिर कलेजले लकडाउनको दोस्रो दिन (चैत १२) देखिको शुरु गरेको कक्षाबाट विद्यार्थीले घरमै बसी बसी पढ्न पाएका छन् भने अर्कोतिर यो मानशिक तनावको समयमा अध्ययनमा गर्न पाएका छन् । यसले उनीहरूलाई मानशिक तनाव कम गराएको छ ।
दुबै कलेजले लकडाउनको दोस्रो दिनदेखि नै आफ्ना विद्यार्थीलाई तीन हजार ६ सयभन्दा बढी अनलाइन कोर्षको सुविधा दिएको छ । अनलाइनमार्फत एक हजार २ सयभन्दा बढी लेसन विद्यार्थी पढिसकेका छन् । एकातिर कलेजले लकडाउनको दोस्रो दिन (चैत १२) देखिको शुरु गरेको कक्षाबाट विद्यार्थीले घरमै बसी बसी पढ्न पाएका छन् भने अर्कोतिर यो मानशिक तनावको समयमा अध्ययनमा गर्न पाएका छन् । यसले उनीहरूलाई मानशिक तनाव कम गराएको छ ।
अध्ययनमा विद्यार्थीहरू केन्द्रीत भएका छन् । विद्यार्थीका साथै शिक्षक तथा शिक्षिकालाई पनि पुलर्सद छैन । ‘शिक्षकहरूलाई पनि रेगुलर कक्षाको तयारी गर्नुपर्छ,’ उनले भने ‘कक्षा सधै कक्षा भइरहेको छ । प्रत्येक दिन लर्ड बुद्धमा १०÷१२ वटा कक्षा हुने गरेको गर्छ । एउटा कोर्षको लागि न्यूनतम २ घण्टा कक्षा हुने गरेको छ ।
अनलाइन कक्षा सञ्चालन गर्दा मुख्य कुरा त विद्यार्थीले सिक्न पाएका छन् भने दोस्रो कुरा कोरोनाको मोनोटोनशबाट विद्यार्थीलाई छुटकारा मिलेको छ । घरमा एक्लै बसी रह्दा स्वभाविक रुपमा मानसिक तनाव हुन्छ, कक्षा सञ्चालन भएका कारण विद्यार्थी पनि साह्रै खुशी छन् । पीसीटीएस कलेजमा डेढ सय विद्यार्थी छन् भने एलबीईएफमा साढे तीन सय विद्यार्थी छन् ।
प्रतिक्रिया दिनुहोस