
काठमाडौं । देशका विभिन्न स्थानमा असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बिहीबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा देशको पूर्वी भू-भागमा आंशिक बदली भइरहेको उल्लेख छ।
हाल देशमा स्थानीय वायुको प्रभाव सँगसँगै पश्विमी वायुको समेत आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ।
बिहीबार बिहानै काठमाडौं, भक्तपुरलगाएत देशभर आंशिकदेखि सामान्य बदली भइरहेको छ। दिउँसो देशका मध्य र पूर्वका केही स्थानहरु र पश्विमीका थोरै स्थानहरुमा मेघगर्जनर चट्याङ्गरअसिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।
शुक्रबार देशभर सामान्यतया बदली रहने छ। देशका मध्य र पूर्वका केही स्थानहरु र पश्विमीका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।
शनिबार देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशका मध्य र पूर्वका केही स्थानहरु र पश्विमीका थोरै स्थानहरुमा मेघगर्जनर चट्याङ्गरअसिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस