aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

दक्षिण कोरियाको संसदीय निर्वाचनमा सत्तारूढ पार्टीको जित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ बैशाख २०७७
दक्षिण कोरियाको संसदीय निर्वाचनमा सत्तारूढ पार्टीको जित

कोरिया । कोरोना भाइरसको महामारीबीचमा भएको संसदीय निर्वाचनमा सत्तारूढ पार्टीले जित हात पारेको छ । सामाजिक दूरी र उल्लेख्य सतर्कता अपनाएर सम्पन्न भएको निर्वाचनमा राष्ट्रपति मून जाइ इनको डेमोक्रेटिक पार्टीले कुल तीन सयमध्ये एक सय ६३ सिट जितेको हो ।

सत्तारुढ गठबन्धनको अर्को पार्टी प्लेटफर्म पार्टीले १७ सिट जित्ने अनुमान गरिएको छ । यससँगै सत्तारुढ गठबन्धनको राष्ट्रिय सभामा एक सय ८० सिट पुग्न सक्ने बताइएको छ । विपक्षी युनाइटेड फ्युचर पार्टीले भने निर्वाचनमा एक सय तीन सिट जित्ने अनुमान गरिएको छ ।

दक्षिण कोरियामा सत्तारुढ डेमोक्रेटिक पार्टीले स्पष्ट बहुमत ल्याउनुलाई कोरोना भाइरसविरुद्ध सरकारले चालेको कदमको अनुमोदनको रुपमा हेरिएको छ । यससँगै दक्षिण कोरियामा सन् १९८७ को प्रजातान्त्रिक निर्वाचनपछि सबैभन्दा ठूलो बहुमतको सरकार देखिएको हो । साथै १६ वर्षपछि दक्षिण कोरियामा वामपन्थी पार्टीले स्पष्ट बहुमत पाएको हो । बीबीसी 

प्रतिक्रिया दिनुहोस