aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
लापरवाही गर्दा रेबिजले लिँदैछ ज्यान, कुकुरको टोकाइबाट बचौं

लापरवाही गर्दा रेबिजले लिँदैछ ज्यान, कुकुरको टोकाइबाट बचौं

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ जेठ २०७६
लापरवाही गर्दा रेबिजले लिँदैछ ज्यान, कुकुरको टोकाइबाट बचौं

काठमाडौं ।  केही साता हिले रामेछाप नामाडीका ४० वर्षीय निरज खड्का टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा रेबिजको उपचार गर्न आउनुभयो तर अन्तिम अवस्थामा आएकाले उहाँ बाँच्न सक्नुभएन । गाउँघरको कुकुरले टोकेको के होला र भन्दै बस्नाले खड्कालाई मृत्युको मुखमा पुर्यायो ।
 
नुवाकोटका १० वर्षीय बालक सज्जन गिरी केही हप्ता पहिले टेकु अस्पतालको प्राङ्गणमा हाँस्दै लुटुपुटु गर्दै खेल्दै थिए । छेउमै बस्नुभएकी उहाँकी आमा भने निरास मुद्रामा हुनुहुन्थ्यो । चिकित्सकको परामर्श सुनेपछि छाराको केही दिनभित्रै मृत्यु हुँदैछ भन्ने आमालाई थाहा भयोे । बालकको तीन दिनपछि मृत्यु पनि भयो । छोराको मृत्युको पूर्व जानकारी पाएकी आमाको अवस्था कस्तो हुन्छ, शब्दमा लेख्न सक्ने विषय नै भएन ।
 
काठमाडौँका २५ वर्षीय अजय डंगोलको पनि त्यही समय रेबिजबाटै मृत्यु भयो । काठमाडौँको धनी परिवारका डंगोलको घरमा छोराछोरीलाई पालनपोषण गरेझँै एउटा कुकुर पालिएको थियो । एक दिन गेट खुला भएपछि एकैछिन कुकुर बाहिर गएको थियो । कुकुरलाई रेबिजको सुई पनि लगाउने गरिएको थियो । एकै छिनपछि कुकुर आयो । त्यसको केही दिनपछि कुकुरले डंगोललाई झम्टेर टोक्यो । कुकुरले कहिल्यै त्यस्तो व्यवहार गर्दैनथ्यो । 

डंगोलको खुट्टामा सानो घाउ पारेपछि डंगोलले मुङ्ग्राले पिट्दा कुकुरको मृत्यु भयो । आफ्नै परिवार झैं पालेको कुकुर मारेपछि डंगोललाई खिन्न लाग्यो । विस्तारै डंगोललाई रेबिजको लक्षण देखाप¥यो । टेकु अस्पताल लगेको केही दिनमै डंगोलको पनि मृत्यु भयो । यी घटना प्रतिनिधि पात्र मात्र हुन् । शुक्रराज सरुवारोग अस्पतालमा रेबिजको उपचारको क्रममा धेरै मानिसको मृत्यु भएको छ । 
|
कुकुरले टोकेको त हो नि, घाउ ठीक भइसक्यो, छिमेकीको कुकुरले टोकेको त हो नि भनेर बस्दा रेबिजले धेरैलाई मृत्युको मुखमा पु¥याएको छ । 
सरुवा रोग विशेषज्ञ तथा शुक्रराज सरुवा रोग अस्पतालका निर्देशक डा।वासुदेव पाण्डेले कुकुरले टोकेको पीडा अत्यन्त दुःखदायी हुने बताउनुभयो । सरकारले रेबिजविरुद्ध भ्याक्सिन निःशुल्क प्रदान गर्छ र रेबिजविरुद्ध सुई लगाउँदा पूर्णरूपमा ठीक हुन्छ भन्ने थाहा पाउँदा पनि सानो लापरबाहीले ज्यानै जाने गरेको उहाँको भनाइ छ । 

डा।पाण्डेले दुर्घटनामा भएको मृत्यु, क्यान्सर, मिर्गौला, मुटुरोगजस्ता घातक रोग लागेर भएको मृत्युलाई सहन सकिने भन्दै तर रेबिज लागेर मृत्यु भएको घटना सहन धेरै गाह्रो पर्ने बताउनुभयो । जब कि कुकुरले टोकिसकेपछि एउटा सुई लगाउने बित्तिकै बाँच्न सकिन्छ, त्यही सुई नलगाइदिँदा मानिसलाई मृत्युको मुखमा पु¥याइरहेको हुन्छ । गोरखापत्र दैनिकबाट ।

प्रतिक्रिया दिनुहोस