aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

‘अर्थतन्त्र बलियो र आत्मनिर्भर बनाउन आर्थिक प्याकेज आवश्यक’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ बैशाख २०७७
‘अर्थतन्त्र बलियो र आत्मनिर्भर बनाउन आर्थिक प्याकेज आवश्यक’

काठमाडौ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले क्षति पुर्याएको नीजि क्षेत्रलाई आर्थिक प्याकेजको व्यवस्था गर्न सरोकारवालाहरुले माग गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष भवानी राणाले निजी क्षेत्रलाई परेको क्षतिको आँकलन गरी राहत प्याकेज ल्याउनुपर्ने बताइन् । ‘सरकारले आफ्नो क्षमताअनुसार राहत प्याकेज ल्याओस,’ अध्यक्ष राणाले भनिन् ‘ कोरोनाले  हरेक क्षेत्रलाई असर परेको छ ।’ सो असर सरकारलाई पनि परेको भन्दै सरकारले क्षमता अनुसारको राहत ल्याउन माग गरेकी हुन् । यदि सरकारले राहत प्याकेजको व्यवस्था नगर्ने हो भने उद्योग तथा व्यवसाय क्षेत्र पूर्ण रुपमा शिथिल बन्ने अध्यक्ष राणाको बताइन् ।

उद्योग,पर्यटन,उत्पादन लगायतका उद्योगहरुमा कोरोना भाइरसका कारण निकै क्षति भएको भन्दै अध्यक्ष राणाले क्षेत्रगत रुपमा क्षतिको विवरण हेरेर प्याकेजको व्यवस्था गर्नुपर्ने बताइन् । अहिले सरकारले नीजि क्षेत्रलाई खासै राहत नल्याएको उनले गुनासो गरिन् । अहिले नीजि क्षेत्रलाई कामदारलाई कसरी तलब दिने ब्याज तिर्ने विषय नीजि क्षेत्रलाई परेको अप्ठेरो भएको उनले भनाइ छ । ब्याज तिर्ने समय राष्ट्र बैंकले असारसम्म सारेको स्मरण गर्दै खास गरी रुग्ण उद्योगहरु निकै शिथिल भएको अध्यक्ष राणाले जानकारी दिइन् ।

यस्ता क्षेत्रहरुलाई कसरी राहत दिन सकिन्छ भनेर सरकारले राहत दिनुपर्ने उनको भनाई थियो । सरकारसँग राहत माग्ने मात्रै होइन, कारोरोनासँग लड्न निजी क्षेत्र एक भएर लागेको उनले बताइन् । अहिले उद्योग वाणिज्य महाँसंघ,नेपाल उद्योग परिसंघ तथा नेपाल चेम्बर्स अफ कमर्श लगायत निजी क्षेत्र मिलेर अगाडी बढेको उनले बताइन् ।

अहिलेको असहज परिस्थितिमा पनि नीजि क्षेत्रले नाफाको मतलब नगरेर कसरी मानव जीवनलाई बचाउन सकिन्छ भनेर लागि परको बताइन् । अहिले खाद्यान्न लगायतका अतिआश्यकिय बस्तुको सहज आपूर्ति नीजि क्षेत्रकै कारण भएको अध्यक्ष राणाको भनाइ थियो ।

हरेक गाउँ गाउँका जनता र शहरका सबै जनतामा खाद्यान्न र औषधिजन्न अति आवश्कीय सामानहरु नीजि क्षेत्रकै सक्रियतामा सम्भव भएको उनले बताइन् । त्यसका साथै सरकारको कोषमा पनि रकम जम्मा गरेको बताइन । आफ्नो नोक्सानलाई एकातिर राखेर मुलुकका लागि काम गरिरहेको बताइन् ।

त्यसका साथै कोरोनाका कारण अर्थतन्त्र शिथिल बन्दै गइरहेकाले यसलाई कसरी चलायमान बनाउन सकिन्छ भन्ने विषयमा पनि सरकार तथा सम्बन्धित सरोकारवालाहरुसँग छलफल गरिरहेको उनको समेत उनले जानकारी दिइन । त्यसैगरी,मुलुक लकडाउनको अवस्थामा रहेकाले आपूर्तिमा कुनै समस्या नहोस भन्ने उदेश्यले उद्योग तथा वाािणज्य लगायतका मन्त्रालयसँग छलफल गरी काम गरिरहेको उनले बताइन् ।

त्यसैगरी,उद्योग परिसंघका अध्यक्ष शतिशकुमार मोरले कोरोनाका कारण उद्योग तथा व्यवसायमा परेको क्षतिलाई रहत दिन सरकारले ऋणमा सहुलियत दिनुपर्ने बताए । त्यसका लागि राष्ट्र बैंक तथा अर्थमन्त्रालयलाई जानकारी समेत गराएको अध्यक्ष मोरको भनाइ थियो । त्यस्तै अहिलेको अवस्थामा ब्याजलाई कम्तीमा ५ प्रतिशतले घटाउनुपर्छ भन्ने माग गरेका छन् ।

यसले अर्थतन्त्रलाई माथि उकास्न थोरै भएपनि सहयोग हुने अध्यक्ष मोरको भनाइ थियो ।
राहत दिने काम सरकारले मात्रै होइन,आफनो जिम्मेवारी नीजि क्षेत्रले पनि पूरा गर्नुपर्ने उनले बताए । ‘नीजि क्षेत्रले पनि केही न केही जिम्मेवारी लिनुपर्छ,’ अध्यक्ष मोरले भने । अहिलेको संकटकालिन अवस्थामा निजी क्षेत्रले आपूर्ति व्यवस्थालाई कसरी सहज बनाउने र सीएसआरलाई पनि कसरी प्रयोग गर्ने भन्ने सोच्नुपर्ने उनले बताए ।

सहज आपूर्तिका लागि उत्पादनसँग सम्बन्धि उद्योगहरु खोल्नुपर्ने अवस्था भएपनि एकातिर कच्चा पदार्थको अभाव अर्कातिर कामदारहरु आउन नमान्ने भएकाले समस्या भएको बताए । कामदारहरुलाई काम आउन आँफुहरुले बोलाएको र कामदारहरु स्वतस्फूर्त रुपमा पनि आउनुपर्ने बताए ।

कामदारको स्वास्थ्यको पूर्ण जिम्मेजारी कम्पनीले लिने भन्दै अति आवश्यकीय उद्योगहरु चलाउने काम भइरहेको उनले बताए । साथै उनले बजारमा खाद्यान्नको तत्काल अभाव नभएको समेत बताए । नाकाबन्दीले नेपालीलाई धेरै कुरा सिकाएको भन्दै संकट टार्ने विकल्प पनि नेपालीसँग भएको बताए ।

त्यसैगरी,संकटको यस घडीमा आँफूहरु पनि सरकारसँग हातेमालो गर्दै राहतका काममा जुटेको अध्यक्ष मोरले बताए । अहिले १०/१२ केजीका खाद्यान्नका प्याकेट बनाएर परिसंघले सातै प्रदेशमा पठाएको र सरकारलाई पनि ७५ हजार मास्क तथा पीपीई वितरण गरेको छ ।


नेपालका उद्योग क्षेत्रमा कत्तिको असर गरेको छ भन्ने विस्तृत अध्ययन सुरु गरेको उनको भनाई थियो । नीजि क्षेत्रको सहयोग सरकारलाई भएको छैन नि भन्ने प्रश्नको जवाफामा चाहे जस्तो सहयोग गर्न नसकेको स्वीकार गरे ।

त्यसैगरी, नेपाल चेम्बर्स अफ कमर्शका वरिष्ठ उपाक्ष्यक्ष राजेन्द्र मल्लले अहिलेको परिस्थितिमा सरकारले विशेष आर्थिक प्याकेज ल्याउनुपर्ने बताए । तर तत्काल आर्थिक पाटोलाई छोडेर रोगबाट कसरी उन्मुक्ति पाइन्छ भन्ने कुरामा केन्द्रीत रहनुपर्ने बताए ।

त्यसका लागि आम नेपाली एक भएर लाग्नुपर्ने उपाध्यक्ष मल्लले बताए । खास गरी सरकारले कृषि र औषधी जन्य सामानमा आत्मनिर्भर बन्ने खालका प्याकेज ल्याउनुपर्ने उनको सुझाव छ । व्यसायीहरुले कमाउने धन्दा मात्रै नभई सेवा गर्ने हिसावले पनि काम गर्नुपर्ने बताए । आर्थिक पाटोको कुरामा कसरी माथि उकास्न सकिन्छ भन्नेमा  सरकार र नीजि क्षेत्र मिलेर जानुपर्ने वरिष्ठ उपाध्यक्ष मल्लले बताए । नेपाल आर्थिक पत्रकार समाज सेजनसँगको कुराकानीमा उद्यमी व्यवसायीहरूले यस्तो बताएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस