
काठमाडौं । नागरिक लगानी कोषमा कोषमा नियमित कोष कट्टी गर्ने सेवाग्राहीहरुले लिएको आवाश कर्जा, सरल कर्जा तथा शैक्षिक कर्जामा ब्याज रकममा १० प्रतिशत छुट दिने निर्णय भएको छ ।
तोकिएको समयमा व्याज भुक्तानी गर्ने सहभागीहरुलाई हाल छुट प्रदान गर्ने गरिएको ब्याज रकममा सो छुट समेत गरी २०७६ चैत देखि २०७७ असारसम्मको व्याज २०७७ असार भित्र बुझाएमा सो अवधिमा पाकेको व्याज रकममा १० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरिएको नागरिक लगानी कोषले जनाएको छ ।
कोषको संचालक समितिको बिहीबार बसेको बैठकले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस९ कोभिड९१९० को संक्रमणको अवस्थालाई मध्यनजर गर्दे सो निर्णय गरेको हो ।
त्यसैगरी कोषमा नियमित रुपमा रकम जम्मा गरी कर्मचारी बचत बृद्धि स्वीकृत अवकाश कोष, उपदान कोष तथा लगानीकर्ता हिसाब योजनामा सहभागी भएका सेवाग्राहीलाई कोरोना भाइरसबाट संक्रमित भई मृत्यु भएको प्रमाणित भएमा निजको हकवालालाई क्षतिपूर्ति वापत २ लाख रुपैयाँ प्रदान गर्ने निर्णय पनि भएको छ ।
प्रतिक्रिया दिनुहोस