aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

स्वास्थ्य सामग्री लिन नेपाल एअरलाइन्सका दुई वटै जहाज चीन उडे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ बैशाख २०७७
स्वास्थ्य सामग्री लिन नेपाल एअरलाइन्सका दुई वटै जहाज चीन उडे

काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि आवश्यक सामग्री लिन दुई वटा जहाज चीन उडेका छन् । जहाजले चीनको ग्वान्झाउबाट औषधि र उपकरण ल्याउन नेपाल एअरलाइन्सका दुई वटै वाइडबडी जहाज चीन उडेका हुन् । 

नेपालका निजी क्षेत्रले औषधि र उपकरण ल्याउनको लागि फ्लास फ्रेटले र सांग्रिला फ्रेटले जहाज चाटर्ड गरेका हुन् । दुई वटै जहाज शुक्रबार बिहान काठमाडौं आइपुग्ने नेपाल वायुसेवा निगमले जनाएको छ ।

लकडाउनपछि निगमका पाँच जहाजले चार्टर्ड उडान भरिसकेका छन्। अष्ट्रेलिया, जापान र दिल्लीमा प्यासेन्जर चार्टर्ड उडान भएका थिए।

प्रतिक्रिया दिनुहोस