aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

अमेरिकामा कोरोना संक्रमण “उच्च विन्दु”मा पुगेको भन्दै लकडाउन खुकुलो बनाउदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ बैशाख २०७७
अमेरिकामा कोरोना संक्रमण “उच्च विन्दु”मा पुगेको भन्दै लकडाउन खुकुलो बनाउदै

वासिङ्टन ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वकै सर्वाधिक ठूलो अमेरिकी अर्थतन्त्रलाई खुला गर्ने बारेमा बिहीबार नयाँ योजना सार्वजनिक गरिने बताउनु भएको छ । उनले अमेरिकामा ठूलो संख्यामा कोरोना संक्रमितको मृत्यु भइरहे पनि कोरोना संक्रमण “उच्चतम विन्दुमा” पुगिसकेको दाबी गरेका छन। 

गत वर्षको अन्त्यतिर चीनमा देखिएको कोरोनाभाइरसको महामारीले विश्वलाई नै उल्टो दिशातर्फ मोडेको छ भने आधा मानवतालाई घरभित्रै रहन बाध्य पार्नुका साथै विश्व अर्थतन्त्रलाई दोस्रो ठूलो संकटतर्फ अग्रसर बनाएको छ । 

एएफपीको तथ्याङ्क अनुसार २१ लाखभन्दा बढी मानिस कोरोना संक्रमित भएका छन् भने एक लाख ४५ हजारभन्दा बढीको ज्यान गइसकेको छ । संयुक्तराज्य अमेरिकामा मात्र गत २४ घण्टाको अवधिमा २ हजारभन्दा बढीको मृत्यु भएको छ । 

तर राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा भाइरस नियन्त्रणमा चालिएका “आक्रामक रणनीति” ले काम गरिरहेको दाबी गगरेका छन ।  भने, “तथ्याँक हेर्दा नयाँ घटनामा कमी आउन थालेको छ, र उच्चतम विन्दु पार गरेको छ ।”

उनले देशका खुला गर्न खोजिएका क्षेत्रहरुमा पनि कोरोना प्रसार रोक्न स्पष्ट “निर्देशिका” जारी गर्ने बताए । उनले कम प्रभावित राज्यमा आगामी मे १ तारिखभन्दा अगाडि नै प्रतिबन्धहरुलाई खुकुलो बनाइने जानकारी दिए । 

विश्वका धेरै मुलुकका नेताहरू कोरोना संक्रमणको विनाशकारी दोस्रो लहरका जोखिमबाट बच्दै कसरी बिग्रिएको अर्थतन्त्रलाई सही मार्गमा ल्याउने भन्नेमा द्विविधामा रहेका छन् । । 

युरोपमै ठूलो अर्थव्यवस्था रहेको जर्मनीकी चान्सलर एन्जेला मर्केलले व्यवसायहरु खोल्न र विद्यालयहरु पुनः शुरु गर्न  केही “सावधानीपूर्वक” कदमहरु घोषणा गरेकी थिएन  । 

युरोपेली मुलुक डेनमार्कले प्राथमिक विद्यालयहरु खोल्न अनुमति दिएको छ भने फिनल्याण्डले हेलसिन्कीमा जारी लकडाउन हटाएको छ । लिथुआनियाले भने बिहीबारदेखि साना पसलहरू खोल्न अनुमति दिएको छ, जबकि अति प्रभावित इरानले केही साना व्यवसायहरूलाई पुनः सञ्चालन सुरु गर्न अनुमति दिएको छ । 

न्यूजील्याण्डले अर्को हप्तादेखि आफ्नो राष्ट्रव्यापी लकडाउन सहज गर्न थाल्नेछ । यद्यपि ब्रिटेनले आफ्नो लकडाउनलाई अरु बढाउने गरी बिहीबार नयाँ प्रस्ताव घोषणा गर्दैछ । बेल्जियमले मानिसलाई घरभित्रै बस्ने गरी जारी गरेको आदेशलाई आगामी मे ३ तारिखसम्म बढाएको छ । 

विकासोन्मुख मुलुकहरुमा खाद्य सामग्रीको अभाव हुने खतरा उत्पन्न हुँदैछ । खासगरी अफ्रिका र दक्षिण अमेरिकामा उत्पन्न खाद्य संकटले सामाजिक व्यवस्थामा गम्भीर असर पार्नेछ ।
 
रियादमा, विश्वका प्रमुख अर्थतन्त्र भएका २० वटा औद्योगिक राष्ट्रहरुको समूह (जी–२०) ले अति गरिब राष्ट्रहरूका लागि ऋण भुक्तानीको समयावधि एक वर्ष थप्न सहमति भएको छ । 

अमेरिकामा पनि यस महामारीले कम्तिमा १ करोड ७० लाख मानिसलाई आफ्नो रोजगारी गुमाउन बाध्य बनाएको छ । कोरोनाका कारण सिर्जित उदासिनताका बाबजुद पनि विश्वभर उदारताका कथाहरूले हौसला बढाउँछन् ।

बेलायतमा एक जना दोस्रो विश्वयुद्धमा लडेका ९९ वर्षीय टम मूरले बेलायती स्वास्थ्यकर्मीहरूका लागि करिब १ करोड ५० लाख डलर रकम संकलन गरेका छन  । ह्वीलचेयरको सहायतामा हिँड्नु पर्ने मूरले भने, “दोस्रो विश्वयुद्धमा सिपाहीहरु अग्रमोर्चामा थिए, अहिले हाम्रा सेनाहरु डक्टर र नर्सहरु हुन् ।”  

प्रतिक्रिया दिनुहोस