aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 
अधिनायकवादतर्फ उन्मुख सरकार, आन्दोलनमा जानुको विकल्प रहेन

अधिनायकवादतर्फ उन्मुख सरकार, आन्दोलनमा जानुको विकल्प रहेन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ जेठ २०७६
अधिनायकवादतर्फ उन्मुख सरकार, आन्दोलनमा जानुको विकल्प रहेन

काठमाडौं । नागरिक समाजका अगुवाले सरकार अधिनायकवादको बाटोमा गएको भन्दै आन्दोलनमा जानुको विकल्प नरहेको बताएका छन्। लोकतन्त्रलाई दीगो र स्थायित्व बनाउन नागरिकले बहुमत दिए पनि सरकार भने जनताका अधिकारमा अंकुश लगाउन उद्धत रहेको नागरिक अगुवाको निष्कर्श छ।

मानवअधिकार आयोग र मिडिया काउन्सिल विधेयकका सम्बन्धमा नेपाल मानवअधिकार संगठनले आयोजना गरेको अन्तरसम्वाद कार्यक्रममा उनीहरूले लोकतन्त्रमा नागरिकलाई थप अधिकार दिनुको साटो पाएका अधिकार खोस्न सरकारले विधेयक ल्याएको दाबी गरे।

वरिष्ठ अधिवक्ता एवं संविधानविद् वीपीन अधिकारीले भइरहेका कानुनलाई कार्यान्वयन गर्नुपर्नेमा सरकार नयाँ कानुन ल्याएर नागरिकका अधिकार नियन्त्रण गर्ने बााटोमा लागेको बताए। उनले मानवअधिकार आयोगसम्बन्धी विधेयक र मिडिया कउन्सिलसम्बन्धी विधेयकमात्र नभएर सरकारले पछिल्लो समय ल्याएका अधिकांश विधेयक संविधानको मर्मविपरीत भएको दाबी गरे।

‘भइरहेका कानुनको विकल्पमा जाँदा सैद्धान्तिक पक्षमा सरोकारवालासँग छलफल नै भएन’, उनले भने, ‘यो समस्या कुनै एकाध विधेयकमा होइन, ट्रेन्डकै रूपमा देखियो। यो दुःखद् विषय हो।’

नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष एवं वरिष्ठ अधिवक्ता शम्भु थापाले विधेयकलाई पारित गर्ने सांसद बहिस्कार अभियान चलाउनुपर्नेमा जोड दिए। सत्तारुढ दलकै सांसदले अनौपचारिक रूपमा विधेयकमा असहमति जनाउने तर प्रक्रियामा विरोध नजनाउने प्रवृत्ति रहेको भन्दै नागरिक समाजले उनीहरूविरुद्ध अभियान चलाउनुपर्ने बताए।

‘सांसदहरूले जनतालाई धोका दिए, विवेकलाई बन्धक बनाएर सरकारको कुरामा समर्थन जनाउने सांसदलाई बहिस्कार गर्नुपर्छ’, उनले भने, ‘आज सरकारप्रति सबै क्षेत्र असन्तुष्ट छ। सरकारमात्रै जान्ने कसरी सम्भव हुन्छ ? अन्नपूर्ण पोस्टबाट । 

प्रतिक्रिया दिनुहोस