aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

चीनबाट स्वास्थ्य सामग्री लिएर आइपुगे वाइडबडी जहाज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ बैशाख २०७७
चीनबाट स्वास्थ्य सामग्री लिएर आइपुगे वाइडबडी जहाज

काठमाडौँ । चीनको ग्वाङ्जाओबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिएर नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)का दुई वाइडबडी ए–३३० जहाज काठमाडौँ आइपुगेका छन् । 

व्यवसायीले चार्टर्ड गरेका निगमका दुवै जहाज स्वास्थ्य सामग्री लिन बिहीबार राति ग्वाङ्जाओ उडेका थिए । दुवै जहाज केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थलले जनाएको छ । के–कति परिणाममा सामग्री ल्याइयो भन्ने खुलेको छैन ।

अबको एक घण्टामा जहाजमा रहेका स्वास्थ्य सामग्री निकालिनेछ । चीनबाट स्वास्थ्य सामग्री ल्याउन दुई व्यावसायिक समूहले निगमका जहाज चार्टर्ड गरेका थिए । निगमका जहाजले यसअघि पनि चैत १६ र २० गते ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री ल्याएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस