aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

सफल नीति बनाउन नसकेको भन्दै ब्राजिलका राष्ट्रपतिले स्वास्थ्यमन्त्रीलाई हटाए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ बैशाख २०७७
सफल नीति बनाउन नसकेको भन्दै ब्राजिलका राष्ट्रपतिले स्वास्थ्यमन्त्रीलाई हटाए

काठमाडौं । ब्राजिली राष्ट्रपति जैर बोल्सोनारोले स्वास्थ्यमन्त्री लुइज हेनरिक मन्डेट्टालाई पदबाट हटाएका छन् । कोरोनाभाइरस संक्रमण विरुद्धको त्रासका बीच सफल नीति बनाउन नसकेको भन्दै राष्ट्रपति बोल्सोनारोले स्वास्थ्यमन्त्रीलाई हटाउनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ ।

बाहिरिएका मन्त्री मन्डेट्टाले बिहिबार सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दैआफूलाई हटाइएको सूचना प्राप्त भएको प्रष्ट्याएका छन्। उनको स्थानमा राष्ट्रपतिको चुनाबी अभियानमा सघाएका ट्युमर सम्बन्धी विशेषज्ञ नेल्सन टैकलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

समाचार संस्था सीएनएनका अनुसार विद्यालय र कारखाना बन्द गरी सामाजिक दूरी बनाउने रणनीतिमा काम गर्दा राष्ट्रपति बोल्सोनारोको समर्थन पाएका थिएन । राष्ट्रपति बोल्सोनारोले कोरोनाभाइरसको संक्रमणलाई सुरुमा सामान्य फ्लु रहेको भन्दै टार्दै आएका थिए । 

सामाजिक दूरी बनाउँदा आर्थिक अवस्था झनै कमजोर हुने राष्ट्रपति बोल्सोनारोको चिन्ता थियो । ब्राजिलमा करिब ३० हजार व्यक्ति कोरोनाभाइरसबाट संक्रमित छन् भने एक हजार नौसय जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस