
काठमाडौं । भारतमा कोरोना भाइरसका कारण ४ सय ४८ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा २६ जनाले ज्यान गुमाए संगै ज्यान गुमाउनेको संख्या ४ सय ४८ पुगेको हो ।
त्यस्तै, संक्रमितको संख्या १३ हजार नाघेको छ। वल्डो मिटर डट इन्फोमा उल्लेख भएको तथ्यांक अनुसार अहिलेसम्म भारतमा संक्रमित हुनेको संख्या १३ हजार ४ सय ३० जना संक्रमित पुगेका छन् ।
महाराष्ट्रमा सबैभन्दा धेरै एक सय ९४ जनाको मृत्यु भएको छ । मध्य प्रदेशमा ५३ जनाको मृत्यु भएको छ । त्यस्तै, दिल्लीमा ३८ र गुजरातमा ३६ जनाको मृत्यु भएको छ ।
उत्तर प्रदेशमा अहिलेसम्म १३ जनाको मृत्यु भइसकेको छ भने आठ सयभन्दा बढी संक्रमित भेटिएका छन् । त्यस्तै, भारतको उत्तरी राज्य बिहारमा अहिलेसम्म ८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने एक जनाको भाइरसको कारण मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस