aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

लकडाउनमा थप कडाई

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ बैशाख २०७७
लकडाउनमा थप कडाई

भरतपुर । चितवनमा लकडाउनलाई थप कडाइ गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले बिहीबार एक सूचना जारी गर्दै अत्यावश्यक कामबाहेक कोही पनि घरबाहिर ननिस्कन निर्देशन दिएको छ ।

आजदेखि वैशाख १५ गतेसम्म लकडाउनको अवधिभर बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म मात्रै अत्यावश्यक पसलहरु सञ्चालन गर्न पाइने चितवन प्रशासनले जनाएको छ ।

जिल्ला सुरक्षा समिति चितवनको बैठकले औषधि पसल, खानेपानीका जार बेच्ने पसल ९थोक पसल मात्र०, ग्यास डिपो, पेट्रोल पम्प, खाद्यान्न मात्र बिक्री गर्ने पसल, पशुपक्षीका दाना बिक्री गर्ने पसल, ठेलागाडा र साइकलमा तरकारी बेच्ने तथा दूग्धजन्य पदार्थ विक्री गर्ने डेरीहरु मात्र सञ्चालन गर्न पाइने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत खेमराज पौडेलले जानकारी दिए । 

सवारी साधनको हकमा एम्बुलेन्स, दमकल, शववाहन, मालवाहक सवारी साधन, सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन, परिचयपत्रवाहक स्वास्थ्यकर्मीका सवारी साधन मात्र चल्न पाउने उनले बताए ।

एम्बुलेन्समा बिरामीको साथमा बढीमा दुई जना सहयोगी मात्र रहनुपर्ने सूचनामा उल्लेख छ । स्वास्थ्यकर्मीले आफ्नो ड्युटी रोस्टर देखाएर मात्र यात्रा गर्न पाउनेछन् ।
 

प्रतिक्रिया दिनुहोस