aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

चीनले सच्यायो तथ्याङ्क, वुहानमा मृत्यु हुनेको संख्या १२ सय ९० थपिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ बैशाख २०७७
चीनले सच्यायो तथ्याङ्क, वुहानमा मृत्यु हुनेको संख्या १२ सय ९० थपिए

चीन । कोरोना भाइरसको उदगम थलो चीनको वुहानमा उक्त भाइरसबाट मृत्यु हुनेको संख्या पहिला सार्वजनिक गरिएभन्दा झन्डै पचास प्रतिशत बढी भएको  खुलेको छ।

चिनियाँ अधिकारीहरूले शुक्रबार वुहानमा कोरोना भाइरसबाट ४ हजार ६ सय ३२ जना मानिसको मृत्यु भएको जानकारी दिएका छन्। यसअघि वुहानमा ३ हजार ३ सय ४२ मानिसको मात्र मृत्यु भएको बताइएको थियो।

१ करोड १० लाख जनसंख्या भएको वुहान सहरमा जनवरी अन्तिम सातादेखि गरिएको लकडाउन अप्रिल ८ मा मात्र खोलिएको थियो।

कतिपयले अझै पनि चीनले आफ्नो वास्तविक आँकडा लुकाइरहेको आरोप लगाए छन्।
 

प्रतिक्रिया दिनुहोस