aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

अर्थतन्त्र जोगाउन भारतले गर्यो ठूलो घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ बैशाख २०७७
अर्थतन्त्र जोगाउन भारतले गर्यो ठूलो घोषणा


भारत । कोरोनाको कारण भारतीय अर्थतन्त्रमा आएको सुस्ततालाई काम गर्न त्यहाँ ठुलो आर्थिक प्याकेजको घोषणा गरिएको छ । भारतीय रिज़र्व बैङ्कका गभर्नर शक्तिकान्त दासले शुक्रवार बिहान यस्तो घोषणा गरेका हुन् ।

उनले बताए अनुसार अब भारतीय बजारमा ५० हजार करोड भारतीय रुपैयाँ लगानी गरिँदै छ । यो क्रममा राष्ट्रिय कृषि र ग्रामीण विकास बैङ्क (नाबार्ड) लाई२५ हजार करोड दिने योजना रहेको उनले जानकारी दिएका छन् । त्यसै गरी स्मल इंडस्ट्रीज़ डेभलपमेंट बैङ्क (सिडबी) लाई १५ हजार करोड र  नेशनल हाउजिग बैङ्क (एनएचबी) लाई १० हजार करोड दिईदैछ ।

गभर्नर दासले कोरोनाको कारण पुरै दुनियाँ एउटा ठुलो आर्थिक सङ्कट तर्फ जाँदै गरेको भए पनि भारतको हालत भने त्यस्तो खराब नरहेको बताएका छन् ।

उनले कोरोनाको कारण ९.९ ट्रिलियन डलरको आर्थिक नोक्सानी विश्वले व्यहोर्नु पर्ने अनुमान रहेको समेत बताए । यो रकम भनेको विश्वका धनी मध्येका जापान र जर्मनीको कुल जीडीपीको योग भन्दा बढी हो । यसको अर्थ अब आउने आर्थिक मन्दी सन् १९२९ को 'ग्रेट डिप्रेसन' भन्दा बढी हुने बताइएको छ ।

उनले जानकारी दिए अनुसार मार्च महिना देखी अवस्था बिग्रिएको हो । तथापि भारतीय अर्थव्यवस्था बढी नै रहेको दासले बताए । उनले संसारभर मन्दी आउँदा समेत भारतको अर्थव्यवस्थामा १.९ प्रतिशतको बृदि हुने अनुमान रहेको समेत बताए । जी-२० अन्तर्गतका मुलुकहरू मध्ये भारतको अवस्था सबैभन्दा राम्रो रहेको उनले दाबी गरे ।

रिजर्भ बैङ्कले रिभर्स रेपो दरमा २५  बेसिक प्वाइन्टको कटौती समेत गरेको छ । जसको कारण बजारमा बढी पैसा जाने निश्चित भएको छ । बिबिसीले जनाए अनुसार अब त्यहाँ रिभर्स रेपो रेट ४ प्रतिशतबाट घटेर ३.७५ प्रतिशत भएको छ । तर, रेपो रेटमा भने कुनै परिवर्तन गरिएको छैन ।

गभर्नर दाश् भारतमा अहिले बैंकिंग सेक्टरले पुरै काम गरिरहेको समेत बताए । त्याह ९१ प्रतिशत बैङ्कका एटिएम चालु रहेका छन् । बजारमा नगदको कमी हुन नदिने समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस