
काठमाडौँ । अमेरिकामा ३७ हजार भन्दा बढी मानिसको कोरोनाको कारण मृत्यु भइसकेको अवस्थामा आफ्नो देशमा महामारी रोक्ने उपायको खोजि गर्नुको साटो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमा कोरोनाबाट मृत्यु हुनेको संख्या धेरै भएको दाबी गरेका छन् । ट्रम्पले ट्वीट गर्दै चीनले वुहानमा मृत्यु हुनेको संख्या सच्याएको बताउदै मृत्यु हुनेको संख्या यो भन्दा पनि धेरै भएको बताएका छन् ।
उनले भनेका छन् – ‘यो अज्ञात शत्रुबाट मृत्यु हुनेको संख्या चीनमा अचानक बढेर डबल भयो । तर यो भन्दा कैयौं बढी छ । यो अमेरिकामा भन्दा मृत्यु हुनेको संख्या चीनमा कैयौं बढी छ ।’
चीनले शुक्रबार वुहानको सूची सच्याउदै १२ सय ९० जना मृत्यु भएको भन्दै यस अघिको आँकडामा थपेको थियो । योसँगै चीनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार ६ सय नाघेको छ ।
नियमित मिडिया ब्रिफिङमा समेत ट्रम्पले कोरोनाबाट मृत्यु हुनेको संख्या अमेरिकामा भन्दा चीनमा धेरै भएको दाबी गरेका थिए । चीनले भने शव व्यवस्थापन घर र जेलको आँकडा यस अघि नजोडिएकोले थपिएको बताएको छ ।
प्रतिक्रिया दिनुहोस