
काठमाडौँ । आजको मौसम बारे मौसम पूर्वानुमान महाशाखाले जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेको छ। जसका कारण मौसममा निकै परिवर्तन देखिएको छ ।
साथै, हाल देशको पश्चिमी भू–भागमा आंशिक देखि सामान्य बदली साथै पूर्वी र मध्य भू–भागमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ ।
यसैगरी, राति देशको पूर्वी भू–भागमा सामान्य बदली र मध्य तथा पश्चिमी भू–भागमा आंशिक देखि सामान्य बदली रहने पूर्वानुमान छ ।त्यस्तै, देशको पूर्वी भू–भागका र मध्य तथा पश्चिमी पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन,चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
शनिबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने र देशका मध्य, पूर्वका केही स्थानहरुमा साथै पश्विमका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको पूर्वानुमानमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस