aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

अमेरिकामा लकडाउन विरुद्ध बन्दुक बोकेर प्रदर्शन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०६ बैशाख २०७७
अमेरिकामा लकडाउन विरुद्ध बन्दुक बोकेर प्रदर्शन

अमेरिका । अमेरिकामा लकडाउन विरुद्ध बन्दुक बोकेर प्रदर्शन गरिएको छ । अमेरिकाका बिभिन्न राज्यमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरु बन्दुक बोकेर लकडाउनविरुद्ध प्रदर्शनमा उत्रिएका हुन् । 

बीबीसीका अनुसार अमेरिकाका मिशिगन, ओहियो, उत्तरी क्यारोलिना, मिनेसोटा, भर्जिनिया, केन्टकी, ओहायो, उटा लगायतका स्थानमा विरोध प्रदर्शन भएको छ । यी राज्यहरु डेमोक्रेट्स पार्टीको नेतृत्वमा छन् ।

लकडाउनले अर्थव्यवस्था डामाडोल हुने भन्दै गरिएको यो प्रदर्शनको समर्थन राष्ट्रपति ट्रम्पले गरेका छन् । ट्रम्पले प्रदर्शन भएका स्थान ट्वीटरमा उल्लेख गरेरै लकडाउन खुकुलो पार्न आग्रह पनि गरेका छन् ।

तर ट्रम्पले प्रदर्शन भएका ओहायो र उटालाई ट्वीटरमा उल्लेख नगरेकाले यस प्रदर्शनलाई उनले राजनीतिक रंग दिन खोजेको टिप्पणी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस