aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

भारतीय नौ सेनाका २१ जनामा कोरोना सङ्क्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०६ बैशाख २०७७
भारतीय नौ सेनाका २१ जनामा कोरोना सङ्क्रमण

एजेन्सी । भारतीय नौ सेनाका २१ जना जवानमा कोभिड-१९ को सङ्क्रमण फेला परेको छ । यसरी सङ्क्रमित हुनेमा आईएनएस अंगका २० नौ सैनिक रहेको भारतीय सञ्चार माध्यमहरूले बताएका छन् । यी मध्ये धेरैजसोमा कोरोना सङ्क्रमणको कुनै लक्षण नै देखा परेको थिएन ।
यी नौसैनिकहरु मध्ये एक नौ सैनिकमा सङ्क्रमण फेला परेपछि गरिएको परीक्षणमा अरू सङ्क्रमित भेटिएका हुन् । ती सैनिकमा अप्रिल ७ मा कोरोना पोजेटिभ पाइएको छ । समाचार एजेन्सी  एएनआईका अनुसार नौ सेना आईएनएसको एक ब्लक नै क्वारेन्टाइनमा राखिएको थियो ।अहिले पुरै युद्धपोतमा लकडाउनको जस्तो स्थिति लागू गरिएको छ । भारतीय नौ सेनाका अनुसार युद्धपोतमा रहेका जहाज र पनडुब्बीका सेना सम्म यो सङ्क्रमण पुगेको छैन ।
 

प्रतिक्रिया दिनुहोस