काठमाडौँ । त्रियुगा नगरपालिका–३ भूल्के स्थित मस्जिदका १२ जनामा कोरोना पुष्टि भएपछि चेकजाँचका लागी प्रदेशबाट स्वास्थ्यकर्मीको टोली उदयपुर पुगेको छ । ठूलो संख्यामा कोरोना संक्रमित फेला परेपछि गाउँमा स्वास्थ्य परिक्षणको लागी प्रदेश नम्बर १ सरकारले स्वास्थ्यकर्मी पठाएको हो ।
शुक्रबार प्रदेशमै पहिलो पटक त्यो पनि ठूलो संख्यामा कोरोना संक्रमित पुष्टि भएको थियो । कोरोना संक्रमितहरुलाई शुक्रबार राती नै कोशी अस्पताल लगिएको थियो ।
स्थानीयबासीका अनुसार अहिले पुरै गाउँलाई सुरक्षा घेरा भित्र राखिएको छ । गाउँलेको स्वास्थ्य चेकजाँचको लागी प्रदेश सरकारले स्वास्थ्यकर्मी पठाएको हो । यसअघी त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले तुरुन्त परिक्षणको व्यवस्था गर्न प्रदेश र संघिय सरकार समक्ष माग गरेका थिए ।
प्रतिक्रिया दिनुहोस