aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

सडकमा पैसा फाल्ने दुई महिला पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०६ बैशाख २०७७
सडकमा पैसा फाल्ने दुई महिला पक्राउ

जनकपुर । जनकपुरधामको सडकमा पैसा फाल्दै भागेका दुईजना महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका ७ निवासी आमुना खातुन र अलिना खातुन रहेका छन्।

कोरोना भाइरसको संक्रमण बढिरहेको समयमा दुई महिला सडकमा पैसा फ्याँकेर भागेपछि स्थानिय त्रसित बनेका थिए।

उनीहरु दुबैजनालाई शनिबार दिउँसो पक्राउ गरिएको छ। उनी दुबै जना नन्द र भाउजु रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर सोधपुछ तथा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।  

महिलाले १० रुपैयाँको १५ वटा नोट बाटोमा छरेर भागेका थिए।

प्रतिक्रिया दिनुहोस