
काठमाडौं । कोरोना भाइरसको अर्को एक जना नयाँ संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ६५ वर्षका एक पुरुषमा संक्रमण भेटिएको पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । आज काठमाडौंमा एक जना र बालुंगकी एक जना गरि दुई जना निको भएर घर फर्किएका छन् ।
शुक्रबार उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदबाट लगिएका विराटनगरको कोशी अञ्चल अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा ती भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमित ती भारतीय नागरिक र अरु तीन नेपाली शुक्रबार राति मोरङको टाँडीस्थित क्वारेन्टाइनस्थलमा लगिएका थिए ।
प्रतिक्रिया दिनुहोस