
एजेन्सी । अहिलेकै रफ्तारमा कोरोना भाइरस संक्रमण बढेमा जापानको उपचार प्रणाली भत्कने चेतावनी त्यहाँका स्वास्थ विज्ञहरुले दिएका छन्।अहिले जापानमा कोरोना भाइरस संक्रमितको संख्या १० हजार पुगेको छ। २ सय जनाको कोरोना संक्रमणको कारण मृत्यु भइसकेको छ।
अहिलेकै गतिमा कोरोना भाइरस संक्रमितको संख्या बढेमा स्वास्थ उपकरण र जनशक्ति दुबै अपुग भएर धान्न नसक्ने चेतावनी दिएको बिबिसीले लेखेको छ।
जापानको टोकियो अहिले सबैभन्दा प्रभावित क्षेत्र हो। स्वास्थ विज्ञहरूले कोरोना संक्रमण बढ्दा अन्य रोगका गम्भीर बिरामीले उपचार नपाउन सक्ने जोखिम समेत औल्याएका छन्।
चीनमा कोरोना संक्रमण देखिए लगत्तै जापानमा समेत देखिए पनि आवश्यक पूर्व तयारी नै गरेन। स्वास्थकर्मीहरुले उपचारमा संलग्नहुँदा चाहिने आवश्यक व्यक्तिगत पोशाक समेत नभएको बताइरहेका छन्।
अन्य देशमा संक्रमण तिब्र गतिमा फैलदा पनि जापानले सामाजिक दुरी र चहलपहल रोक्न निर्णय गरेको थिएन। संक्रमण बढेपछि मात्र आपत्काल घोषणा भएको थियो।
प्रतिक्रिया दिनुहोस