aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

२३ लाखभन्दा धेरै सङ्क्रमित, २४ घण्टामा ७६ हजार नयाँ थपिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ बैशाख २०७७
२३ लाखभन्दा धेरै सङ्क्रमित, २४ घण्टामा ७६ हजार नयाँ थपिए

काठमाण्डाै । विश्वका विभिन्न देशमा कोरोना भाइरस (काेभिड १९) बाट २३ लाखभन्दा धेरै सङ्क्रमित भएका छन् । 

दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा २३ लाख २५ हजार तीन सय ३५ जनामा सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये पाँच लाख ९६ हजारभन्दा धेरै निको भएका छन् । एक लाख ६० हजारले भने ज्यान गुमाएका छन् । 

२४ घण्टामा विश्वका विभिन्न देशमा ६ हजार तीन सय तीन जनाको ज्यान गएको छ । ७६ हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिएका छन् ।

एकैदिन १७ सयभन्दा धेरैको ज्यान गएसँगै अमेरिकामा मात्रै ज्यान गुमाउनेको सङ्ख्या झण्डै ३९ हजार पुगेको छ । सात लाख ३७ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै इटलीमा २३ हजारभन्दा धेरै, स्पेनमा २० हजारभन्दा धेरै, फ्रान्समा १९ हजारभन्दा धेरै, बेलायतमा १५ हजारभन्दा धेरैको ज्यान गएको छ ।

यस्तै भारतमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या पाँच सय पुगेको छ भने १५ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।  

प्रतिक्रिया दिनुहोस