
एजेन्सी । बेलायतकी महारानी एलिजाबेथको ९४ औँ जन्मदिन आगामी मङ्गलबार २१ अप्रिलमा परेको छ। यस वर्ष कोरोनाभाइरसको महामारीबीच यसपटक भने जन्मदिनको सलामी नदिइने भएको छ।
महारानीको ६८ वर्षे शासनकालमा यसरी तोपको सलामी नदिइने पहिलोपटक हो। यसपटक उनको जन्मदिनको अवसरमा कुनै सार्वजनिक समारोह नहुने भएको छ।
प्रतिक्रिया दिनुहोस