
एजेन्सी । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले अमेरिकासँग जोडिएको आफ्नो सीमालाई थप ३० दिनसम्म बन्द राख्ने घोषणा गरेका छन् । यतिबेला दुई देशबीच कुनै पनि प्रकारको अनावश्यक यात्रा बन्द रहनेछ ।
कोरोना महामारीका कारण दुई देशबीच पहिले नै अनावश्यक यात्रामाथि प्रतिबन्ध छ । यो प्रतिबन्ध यसै हप्ता मंगलबार समाप्त हुन लागेको थियो ।
जस्टिन ट्रूडोले सीमाको दुबैतर्फ नागरिकलाई सुरक्षित राख्नका लागि यस्तो कदम उठाउन अत्यावश्यक भएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस