aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

फेरी मिडिया माथि जाइलागे ट्रम्प

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ बैशाख २०७७
फेरी मिडिया माथि जाइलागे ट्रम्प

एजेन्सी। कोरोना भाइरसका विषयमा व्हाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरी एक पटक मिडियामाथि जाई लागेका छन् ।  यो पटक ट्रम्पको निशानामा न्यूयोर्क टाइम्सका रिपोर्टर मैगी हैबमन परेका थिए ।

मैगी हैबमनले न्यूयोर्क टाइम्समा व्हाइट हाउसमा राष्ट्रपति ट्रम्पका चिफ अफ स्टाफ मार्क मेडोस रोएको रिपोर्ट छापेका थिए । ट्रम्प यो रिपोर्टका कारण न्युयोर्क टाइम्ससँग आक्रोशित थिए ।

पत्रकार सम्मेलनमा ट्रम्पले भने, ''मैले पनि मार्क मेडोस रोएको समाचार पढेको थिएँ । यी त्यही मैगी हैबमन हुन् जसलाई रूसको समाचारको लागि पुलित्ज़र पुरस्कार प्राप्त भएको थियो । तर त्यो कुरा रुसको लागि भने राम्रो थिएन । त्यसैले उनले पुलित्ज़र पुरस्कार फिर्ता गर्नु पर्छ ।''

मैगी हैबमन न्यु योर्क टाइम्स र वासिङ्टन पोस्टको त्यस्ता रिपोर्टर हुन् जसले सन् २०१८ को लागी  पुलित्ज़र पुरस्कार प्राप्त गरेका थिए । उनले सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतिको चुनावमा भएको रुसी हस्तक्षेपको रिपोर्टिङ गरे बापत सो पुरस्कार पाएका थिए ।

ट्रम्पले भने, ''मैगी हैबमन थर्ड-रेट रिपोर्टर हुन् । हामीले यी कस्ता रिपोर्टर हुन् भनेर सत्य कुरा बताईदियौं त्यसैले उनी अहिले मार्क मेडोस रुँदै थिए भन्ने समाचार लेख्न थाले ।” उनले न्युयोर्क टाइम्स धेरै नै बेईमान पत्रिका भएको समेत बताएका थिए । उनले थपे, “यो कुनै अनुमान होइन, सत्य हो।''

ट्रम्पले आफूमाथि गरेको यो हमलाको मैगी हैबमनले ट्विटरमा जवाफ दिएका छन् । उनले ट्विट गर्दै लेखेका छन्, ''राष्ट्रपति ट्रम्पले मेडोसका समाचारहरु असत्य भएको बताएका छन् । त्यसो भए उनको भनाइको अर्थ यो हो कि उनी कुनै अर्कै कारणले रोइरहेका थिए ।”

प्रतिक्रिया दिनुहोस