aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

चीनले नतिजा भोग्नु पर्छ भन्दै यसरी खनिए ट्रम्प

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ बैशाख २०७७
चीनले नतिजा भोग्नु पर्छ भन्दै यसरी खनिए ट्रम्प

एजेन्सी । व्हाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस चीनमा सुरु हुनुभन्दा पहिले नै रोक्न सकिने अवस्था रहेको बताएका छन् । तर त्यसो नभएको भन्दै उनले चीनले यो भाइरस संसारभर फैलिएकोमा त्यसका लागि जिम्मेवार चीनले यसको मूल्य चुकाउनु पर्ने भनेका हुन् । 

ट्रम्पलाई पत्रकारहरूले कोरोना भाइरस चीनमा सुरु भएर दुनियाँभर फैलिएकोमा के त्यसको मूल्य चीनले तिर्नुपर्ने हो भन्दै सोधेका थिए । बिबिसीले लेखेको छ, त्यसको जवाफमा उनले भने, ‘यदि उनीहरूले जानीजानी केही गरेका हुन् भने जरुर त्यसको परिणाम भोग्नु पर्ने हुन्छ । यदि त्यो गल्ती थियो भने गल्ती नै सही ।’ 

ट्रम्पले अगाडी थपे, ' यदि चीन कहीँ चुकेको हो वा नियन्त्रण गर्न नसकेको हो या जानीजानी गरेको हो यो सबैमा धेरै फरक हुन्छ । हामी यसको जाँच गरिरहेका छौँ । हामी अहिले पर्खी रहेका छौँ । हाम्रो आफ्नो तर्फबाट अनुसन्धान भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस