aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

बङ्गलादेशका नागरिक बोकेर ढाका उड्यो नेपाल एअरलाइन्स

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ बैशाख २०७७
बङ्गलादेशका नागरिक बोकेर ढाका उड्यो नेपाल एअरलाइन्स

काठमाडौं । बङ्गलादेशका नागरिक बोकेर नेपाल एअरलाइन्स बङ्गलादेशको ढाका गएको छ । नेपालमा रहेका १८ जना बङ्गलादेशी नागरिक बोकेर न्यारोबडी जहाज सवा १० बजे ढाकाको लागि उडेको हो । नेपालमा रहेको बङ्गलादेशको दूतावासले जहाज चार्टर्ड गरेको हो ।

जहाज आइतबार दिउँसो २ बजे नेपाल आउने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । नेपालमा पनि कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि विभिन्न देशले जहाज चार्टर्ड गर्दै आफ्ना नागरिक लैजान थालेका छन् । 

शनिबार मात्रै भुटानले दुई जनाका लागि जहाज चार्टर्ड गरेको थियो ।

प्रतिक्रिया दिनुहोस