aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

सेवामा खटिएका प्रहरी हवल्दारको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ बैशाख २०७७
सेवामा खटिएका प्रहरी हवल्दारको मृत्यु

सोलुखुम्बु । ड्युटीमा रहेका प्रहरी हवल्दारको मृत्यु भएको छ।  सोलुखुम्बुको अस्थायी प्रहरी चौकी दोर्पुका इन्चार्ज समेत रहेका प्रहरी हवल्दार शिव प्रसाद भट्टराइको आईतबार बिहान ड्युटीकै क्रममा मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार डुयुटीमै रहेको बेला आईतबार राती १२ बजेको समयमा अत्याधिक पेट दुखेपछि जिल्ला अस्पताल फाप्लु उपचारको लागि लगिएको थियो। अस्पताल पुर्‍याएपछि बेहोस भएका भट्टराईको रातिनै मृत्यु भएको प्रहरीको भनाइ छ।

भोजपुर घर भई हाल सुनसरीमा बस्दै आएका ३८ बर्षिय भट्टराईको एक श्रीमती २ छोरा र १ छोरी छन्। 

प्रतिक्रिया दिनुहोस