
बीरगंज । कोरोना भाईरसले जनतामा संक्रास फैलिरहेको बेला जी.पी.कोईराला फाउण्डेशन पर्साले वीरगंज महानगरपालिकाको ३२ वटै वडाहरुमा सोडियम हाईपोक्लोराईट नामक सर्फेस सेनिटाईजर छर्किएको छ ।
पहिलो चरणमा गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले वीरगंजको विभिन्न वडा १, २, ३, ४, ५, ६, ७, र ८ नं वडाहरुलाई विसंक्रमित गरी सकेको छ ।
नेपालमा आईलागेको यस्तो विपदको बेला हरेक नेपाली नागरिकले आफनो स्तरबाट नेपाल सरकारलाई साथ र सहयोग दिने कुरा रहेको बताउदै फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनले गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले आफनो समाजिक उत्तरदायित्वलाई मन्न गर्दै वीरगंन्जको विभिन्न वडाहरुलाई सेनेटाईज गरि सकेको बताएका छन ।
वीरगंज महानगर पालिकाको वडा नं २ छपकैयामा ३ जना भारतियहरुमा कोरोना रोग पुष्टि भएपछि वीरगंज संक्रास अवस्थामा रहेको छ । वीरगंजका ३ वटा वडाहरु शिल समेत गरिएको छ भने सयौं जनाको कोरोना रेपिड टेस्ट समेत गरिएको छ ।
सेनिटाईजेशन र्कायक्रम आज वरिगंजको १,२,३,४,५,६,७,८ नं वडाहरुमा सेनिटाईजेशन गरिएको छ भने वीरगंजको ३२ वटै वडाहरुमा सेनेटाईज गर्नै फाउण्डेशन पर्साका सदस्य मनोज राउत कुर्मीले बताएका छन ।
सेनेटाईजेशन गर्ने वडा नं ३ का फाउण्डेशन अध्यक्ष सदिप केवट, शेख सागिर, कृष्ण ओझा, रुस्तम मंसुरी,वहाब अंसारी,जाकिर अंसारी,मुत्र्तुजा मंसुरी रहेको फाउण्डेशन पर्साका सचिव धिरज कुमार गुप्ताले जानकारी गराए ।
प्रतिक्रिया दिनुहोस