aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

नाइजेरियामा बन्दुकधारीद्वारा ४७ जनाको हत्या

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ बैशाख २०७७
नाइजेरियामा बन्दुकधारीद्वारा ४७ जनाको हत्या

एजेन्सी । उत्तरपश्चिम नाइजेरियाको कटासिनामा बन्दुकधारीको आक्रमणमा ४७ जना मारिएका छन् । हतियारधारी लुटेराहरुको समूहले ग्रामीण क्षेत्रमा लुटपाट मच्चाउने क्रममा सर्वसाधारणको हत्या गरेको स्थानीय प्रहरीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

गत वर्ष पनि उत्तर पश्चिम नाइजेरियामा बन्दुकधारी लुटेराहरुको आक्रमणका कारण सयौं सर्वसाधारणको हत्या भएको थियो ।हतियारधारी समूहहरुका कारण सबैभन्दा बढी जनसंख्या भएका अफ्रिकन मुलुकहरुमा सुरक्षा चुनौती थपिएको अधिकारीहरुले बताएका छन् ।

साम्प्रदायिक हिंसा रोक्न भएका प्रयासहरु पर्याप्त नभएको सरकारी अधिकारीहरुले बताउँदै आएका छन् । राष्ट्रपति मुहम्मद बुहारीले विज्ञप्ती निकालेर हतियारधारीले निर्दोष नागरिकको हत्या गरेको पुष्टि गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस