aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

क्यानडामा बन्दुकधारीद्वारा प्रहरी अधिकारीसहित १० जनाको हत्या

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ बैशाख २०७७
क्यानडामा बन्दुकधारीद्वारा  प्रहरी अधिकारीसहित १० जनाको हत्या

एजेन्सी। क्यानडामा प्रहरी भेषमा रहेका एक बन्दुकधारीले जथाभावी गोली चलाएर १० जनाको हत्या गरेका छन्। नोवा स्कोटियामा भएको घटनामा प्रहरी कारबाहीमा ती बन्दुकधारीको पनि मृत्यु भएको छ।

५१ वर्षीय ग्याब्रियल वाटम्यान नामका व्यक्ति शनिबार राति बन्दुक सहित ग्रामीण शहर पोर्टापिकमा घुसेपछि प्रहरीले सो क्षेत्रका बासिन्दालाई बाहिर ननिस्कन आदेश जारी गरेको थियो। ती व्यक्तिलाई १२ घन्टापछि मात्र प्रहरीले गोली हानेर हत्या गरेको हो।

उनी प्रहरीको जस्तै देखिने गाडी लिएर व्यस्त स्थानमा छिरेका थिए। उनले आइतबार पोर्टापिकको धेरै स्थानमा गोली चलाएर मानिसहरुको हत्या गर्दै अघि बढेका थिए।

आफूहरुले अन्तिम तथ्याङ्क बटुलिनसकेकाले मृतकको संख्या बढ्नसक्ने त्यहाँका प्रहरी प्रवक्ताले बताएका छन्। एकै स्थानमा हत्या नभएकाले संभावित घटनास्थलहरुको खोजी भइरहेको उनले बताएको बीबीसीले उल्लेख गरेको छ।

ती बन्दुकधारीले प्रहरीमाथि पनि हमला गरेका थिए। गोली लागी एक प्रहरी अधिकारीको पनि मृत्यु भएको छ। प्रहरीमा २३ वर्षदेखि कार्यरत एक कन्सटेबल बन्दुकधारीको गोली प्रहारबाट मारिएका छन्।

प्रतिक्रिया दिनुहोस