aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

भारतमा बढ्यो संक्रमित र मृत्यु हुनेको संख्या

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ बैशाख २०७७
भारतमा बढ्यो संक्रमित र मृत्यु हुनेको संख्या

एजेन्सी। कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या भारतमा ५१९ पुगेको छ। बीबीसीका अनुसार त्यहाँ संक्रमितको संख्या पनि १६ हजार नाघेको छ।

करिब २२ सय भने निको भएर घर फर्किएका छन्। भारतमा ३ मेसम्म लकडाउन बढाइएको छ। वोल्ड़ोमिटरले भारतमा संक्रमितको संख्या १७ हजार ६ सय १५ र मृतक ५५९ नाघेको उल्लेख गरेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ६५ हजार ४४ पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र ४ हजार ९ सय ५७ जनाको मृत्यु भएको छ।

सोमबार बिहानसम्ममा कोरोनाबाट संक्रमित हुनेको संख्या २४ लाख १ हजार ३ सय ७९ पुगेको छ।

प्रतिक्रिया दिनुहोस