
एजेन्सी । कोरोना भाइरसको प्रारम्भ हुनुको कारणमाथि शंका गर्दै आएको अमेरिकाले अनुसन्धानका लागि अनुसन्धानकर्ता चीन पठाउन चाहेको छ। तर, चीनले त्यसमा कुनै प्रतिक्रिया दिएको छैन।
चीनको वुहानबाट कोरोना संक्रमण सुरु भएदेखि अमेरिकाले शंका गर्दै आएको छ। कतिले भाइरस परीक्षणको क्रममा ल्याबबाट चुहिएर व्यक्तिमा संक्रमण सुरु भएको दाबी समेत गरेका छन्।
अमेरिकाले चीनले कोरोना भाइरस संक्रमणको कारणबारे विश्वसनी सूचना नदिएको दाबी गर्दै यसमा अनुसन्धान हुनुपर्नेमा जोड दिइरहेको छ।
आइतबारको नियमित कोरोना ब्रिफिङमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले कोरोना भाइरस संक्रमणबारे विश्वसनीय जानकारी नदिएकाले अमेरिका अनुसन्धानकर्ता पठाउने पक्षमा रहेको बताएको सिएनएनले लेखेको छ।
'हामीले धेरै पहिलेदेखि नै चीनसँग अनुसन्धानबारे कुरा गरिरहेका छौं, अनुसन्धानकर्ता चीन गएर अनुसन्धान गर्नुपर्छ भन्ने अहिले पनि हाम्रो धारणा छ', ट्रम्पको भनाई छ।
प्रतिक्रिया दिनुहोस